हाइलाइट

गण्डकीमा एक सहकारी एक उत्पादन अभियान प्रभावकारी हुनसकेन

गण्डकीमा एक सहकारी एक उत्पादन अभियान प्रभावकारी हुनसकेन :: Sahakari Akhabar

पोखरा। सहकारीलाई उत्पादन, प्रशोधन र बजारीकरणमा जोड्न गण्डकी प्रदेशले अभियान चलाए पनि प्रभावकारी हुन सकेको छैन । उत्पादन बढाउन गण्डकी प्रदेशले स्थापनाकालदेखि एक सहकारी एक उत्पादन अभियान सुरु गरेको थियो । उत्पादन, बजारीकरण तथा प्रशोधनमा संलग्न सहकारीलाई अनुदान दिने नीति भएपनि त्यस्ता सहकारी नै भेट्न मुश्किल हुने गरेको छ ।

गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ५० प्रतिशत अनुदान दिने नीति लिएको छ । मन्त्रालयका सूचना अधिकारी ज्योती क्षेत्रीले अनुदानका लागि सूचना प्रकाशन गरिने र आएको सूचीमा स्थलगत अध्ययन गरेर मात्रे अनुदान दिने गरिएको बताइन् । मन्त्रालयले अनुदान प्रभावकारी बनाउन कार्यविधि पनि बनाएको छ ।

प्रदेशले एक सहकारी एक उत्पादनका लागि  ७१ लाख रुपैयाँ छुट्टाएको छ । गण्डककी प्रदेशको सहकारी रजिष्ट्रार कार्यालयका शाखा अधिकृत चोलाकान्त वाग्लेले सहकारीमार्फत उत्पादन बढाएर संमृद्धि हासिल गर्न अनुदानको व्यवस्था गरिएको बताए । तर, आवेदन आउँदा कृषि काम नगरेका सहकारीको पनि आउने गरेको छ ।

संस्था आफैंले नै उद्यम गरेकोलाई मात्रै अनुदान दिने गरिएको छ । सहकारीलाई हाते टेक्टर, सामूहिक तरकारी, मिल, कुटानी, पिसानी, भ्याट मेसिन, क्यान लगायतका लागि अनुदान दिने गरिएको उनले बताए । उत्पादनको काम गर्ने सहकारी थोरै भएकाले कार्यक्रम कार्यान्वयन गर्न कठिन भएको मन्त्रालयका सूचना अधिकारी दाहालले बताइन् ।

संस्थाले स्रोत हेरिक ५ लाखदेखि १० लाखसम्म पाउँछन् । गत वर्ष कोभिडका कारण उक्त कार्यक्रम प्रभावित भएको थियो । यस वर्षका लागि भने कार्यक्रम सकिएको प्रतिवदेन चुनाव पछि आउने रजिष्ट्रार कार्यालयका अधिकृत वाग्ले बताउँछन् ।

यस वर्ष एक सहकारीले ४ लाख ५० हजार पाउने छन् । २१ वटा सहकारीले अनुदानका लागि सम्झौता गरेका छन् । मन्त्रालयले पहिलोचोटी जारी गरेको सूचनामा पर्याप्तमात्रामा आवेदन नआएपछि पुनः आवेदन मागेको थियो ।

‘सहकारीका सञ्चालक तथा सदस्यले संस्थामार्फत भन्दा सकभर आफ्नै घरमा गर्न पाए हुन्थ्यो भन्ने सोच्ने धेरै भेटिए,’अधिकृत वाग्ले भन्छन्, सदस्यमार्फत परिचालन गर्न धेरैले रुचाए पनि हामीले त्यस्तालाई अनुदान दिएका छैनौं ।’ 



Leave a comment