मञ्च सजिएको छ, मञ्चको अगाडीको लाइनमा राखिएको सोफामा एउटा सिट खाली छ । पछाडिको लाइनमा राखिएको २५ जति कुर्सी भरिएका छन् । ती कुर्सी र सोफामा बस्नेहरूको छातीमा अतिथि, विशिष्ट अतिथिलगायतका बिल्ला लगाइ दिइएको छ । सायद अगाडीको सोफाको खाली सिटले प्रमुख अतिथिको बिल्ला लगाउनेको प्रतीक्षा गरिरहेको हुनु पर्दछ ।
मञ्चको अगाडी राखिएको सहभागीहरूको कुर्सी भरिभराउ छ । कार्यक्रम सञ्चालकले मञ्चमा रहेकालाई पालैपालो उसको दर्जा अनुसारको नामले शुभकामनाका दुई शब्द कालागि सम्बोधन गरिरहेको छन् । सोफाको केही नजिकै अग्लो पानस र त्यसमा राखिएको बाती तेलमा ढाडिएको छ । सायद बाती बाल्नेको पखाईमा छ ।
शुभकामना मन्तव्य कालागि छनोट भएकाहरूले शुभकामनाका शब्दहरू खर्चेका खर्चेइ छन् । कार्यक्रम सञ्चालकलाई अतिथि र विशिष्ट अतिको नाम लिन भ्याइ नभ्याई छ । सञ्चालकले स्टेजमा नअटाएका अतिथिहरूलाई तल अगाडीको रोहमा बसिदिन आग्रह गरेको छन् ।
सहभागीहरूले दिएको पुस्तिकालाई आफू बसेको कुर्सीमा ओछ्याएर एक हातमा पेय पदार्थ र खानेकुराको स्वादमा लिप्त छन् । कसैले जिब्रो पट्काएर परिकारको स्वाद लिई रहेका छन्, कसैले स्वाद लिई लिई चिया सुरुप्प पारेको सुनिन्छ । साना नानीहरू कार्यक्रम हलको वरिपरि हातमा आइसक्रिम र पानी पुरी खाँदै खेल्दै गरेका छन् ।
सुकिला जातीका केही मानिससङै किन्नर किन्नरी झैँ लाग्ने पहिरनमा सजिएर स्वागत कालागि द्वारमै खडा छन् । कार्यक्रम हलदेखि गाडी पार्किङसम्म प्रमुख अतिथिको स्वागत कोलागि रेड कार्पेट बिछ्याइएको छ । हातमा फूलको मुठो र खादा लिएर कसैको पर्खाइमा रहेको केहीको छटपटाहट प्रस्ट देखिन्छ ।
केही सहभागीहरूमा प्रमुख अतिथिको कौतुहलता पनि छ, उनीहरू स्वागत कालागि तिनै ढोकामा रातो कार्पेटको सुरक्षा गर्दै एकटकले हेरिरहेका छन् । सायद अव पर्खाइको घडी सकिएको छ । पार्टी हलको पार्किङमा एउटा बिलासी वाहन रोकियो । सङ्गैका केही सुसारेले वाहनको द्वार खोलिदिए ।
सहभागीहरूमा सम्बोधन सकेर उनले पुनःआशन ग्रहण गरे । आसन र भाषणको भरोसामा सहकारीका पिता बनेका प्रमुख अतिथिलाई आयोजकले कानेखुसी गर्दै भने अध्यक्ष ज्यु यो त सहकारीको गोष्ठी हो नि, पार्टीको भेला हैन । उहाँहरूको हातमा भएको घोषणा पत्र नभएर गोष्ठीको कार्यपत्र हो ।
सानका साथ वाहनबाट ओर्लिएका सेलिब्रेटीलाई स्वागत गर्ने लाइनमा राखेका नानीहरूले फूलको गुच्छा दिएर नमन गरे । त्यसै गरी सुकिला जातीले खादा ओढाएर छेक्दै मञ्चमा रहेको खाली सिटसम्म र्पुयाएर राखे । सहभागीहरूको सेलीब्रेटीको कौतुहलता त्यो आगमनले खासै मेट्न त सकेन तर आयोजकका लागि त्यही खास होला ।
यतिकैमा कार्यक्रम सञ्चालकले परिचय गराए आजका प्रमुख अतिथि हाम्रो शान मान, गौरव सहकारी अभियानका पिता केन्द्रीय सहकारी सङ्घका अध्यक्षलगायत आयोजकले उनको बखान कालागि घोकाएको शब्द कण्ठै पारेर उनैमाथि खन्याइसकेर आशनकालागि अनुरोध गरे । सहभागीलाई ताली बजाउन आग्रह पनि गरियो । केहीले बजाए केहीले सुनेको नसुनै गरे । सम्पूर्ण विधि सकेर कार्यक्रम सञ्चालकले उनै पितालाई शुभकामनाका दुई शब्द कालागि अनुरोध गरे ।
आफू कार्यक्रममा ढिला आउनुको कारण प्रस्ट्याउँदै सहभागीलाई सम्बोधन गर्दै भने ‘तपाइ हामी चुनाउको सँघारमै छौँ । हाम्रो पार्टीले टिकट मलाई दिएको छ । हाम्रो पार्टीको घोषणापत्रमा जनताका दुखलाई सुखमा बदल्ने अचुक विधिहरू भनेर राखिएका बुँदाहरू छन् ।
तपाइहरूको त्यो हात हातमा भएको घोषणा पत्र हेरी सक्नु नै भयो होला । त्यसैले आजको यो भेलाले हाम्रो पार्टीको जीत हुने गरी भोटको सदुपयोग गर्ने छ र मलाई जिताउने छ भन्नेमा ढुक्क छु भन्दै मेरा दुई शब्द यही अन्त्य गर्दछु ।’ कार्यक्रम हलमा सन्नाटा छायो, सबैले मुखामुख गरे ।
सहभागीहरूमा सम्बोधन सकेर उनले पुनःआशन ग्रहण गरे । आसन र भाषणको भरोसामा सहकारीका पिता बनेका प्रमुख अतिथिलाई आयोजकले कानेखुसी गर्दै भने अध्यक्ष ज्यु यो त सहकारीको गोष्ठी हो नि, पार्टीको भेला हैन । उहाँहरूको हातमा भएको घोषणा पत्र नभएर गोष्ठीको कार्यपत्र हो । जय सहकारी
प्रतिक्रिया
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।
तपाईंको प्रतिक्रिया