समयको माग हो डिजिटल सेवा

समयको माग हो डिजिटल सेवा :: Sahakari Akhabar

आदरणिय, पाठक वृन्द्ध विगत ११ वर्ष देखि निश्पक्ष, तटस्थ एवं निरन्तर रुपमा सहकारी पत्रकारिताको सुरुवात गरेर वर्तमान सहकारी मासिकले यस क्षेत्रमा भिन्नै पहिचान बनाएको छ ।

यो सफलताको भागेदार आम सहकारीमा चासो राख्ने तपाई पाठकहरुनै हो । यसको श्रेय हामी यहाँहरुलाई नदिइराख्न सक्दैनौं । यहाँहरुको मायाँले हामी हौसियका हौं र यो मायाँले हामीलाई गन्तब्य दियो भने यहाँहरुलाई संचारमा सहकारीसंगको सहकार्य सिकायो ।

अवको दिनमा पनि हाम्रो यो सहयात्रा निरन्तर रहिरहने छ, अझ परिस्कृत र पमिार्जन भएर, अझ जिम्मेवार र समय सापेक्ष भएर । यहाँहरुकै चाहना र सल्लाह अनुसार हामी डिजिटलाज्ड भएर आएका छौं ।

छिटो भन्दा छिटो तपाई सामु सहकारी सामाग्री लिएर । खवरदारी गर्न अनी प्रवद्र्धनमा मुख्य भूमिका खेल्न । हामी निरास भएका छैनौं, हामी झन् जिम्मेवार भएका छौं, हामी झन परिस्कृत भएका छौं ।

सहकारीको महत्व र योगदान तथा यसको वढ्दो भूमिका संगै संचारको आवश्यकतालाई महसुस गरी निजिस्तरवाट प्रकाशित पहिलो सहकारी पत्रिका हो वर्तमान सहकारी मासिक ।

विगत ११ वर्ष देखि यसले सहकारी विषयमा मात्र केन्द्रित रहेर सहकारीका विकृति विसंगती देखि यस क्षेत्रका सकारात्मक पक्षलाई आम सर्वसाधरणमाझ पुर्याउँदै आएको छ । सहकारी भित्रका गतिविधि बारे सत्य, तत्थ्य र तटस्थ रुपमा समाचार सम्पे्रसण गर्ने कार्यमा वर्तमान मासिक सकृय लागिपरको छ ।

नियमित रुपमा प्रकाशन हुदै आएको वर्तमान सहकारी मासिकले सहकारी क्षेत्रलाई सफल र ब्यवस्थित वनाउनकालागि www.sahakariakhabar.com मार्फत समाचार, विचार गतिविधि लगाएतका सामाग्री मार्फत चेतना अभिवृिद्ध गर्दै आएको छ ।

यसै प्रयासमा तपाई र तपाइको संस्थावाट विगत जस्तै वर्तमान र भविश्यमा पनि साथ, समर्थन र सहयोग रहने विश्वास लिएका छौं । 
 



Leave a comment