हाइलाइट

उपलब्धि सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न

उपलब्धि सहकारीको १२औं वार्षिक साधारणसभा सम्पन्न :: Sahakari Akhabar

काठमाडौं । उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको १२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष देवराज शर्माले खाद्यन्न कारोबार र साहित्यिक क्षेत्रको अभियान उल्लेख्यरुपमा अघि बढेको बताए । खाद्यन्न तथा उपभोग्य वस्तुको प्याकेजिङ, बिक्री वितरण, प्रकाशनलगायतका क्षेत्रमा सहकारीले प्राथमिकतासाथ काम गर्दै आएको उनले बताए । संस्थाले तीन स्थानबाट खाद्यन्न बिक्री गर्दै आएको जनाए ।

संस्थाका कोषाध्यक्ष योगराज पौडेलले गत वर्षको तुलनामा संस्थाले आव ०७६/०७७मा २७ लाख ५० हजार सेयर वृद्वि भई ५ करोड पुगेको बताए । संस्थाले अघिल्लो वर्षको तुलनामा १ं३.७९ प्रतिशतले वृद्वि गरी ३९ करोड ५० लाख निक्षेप संकलन गरेको छ । संस्थाले ६६ लाख ६९ हजार रुपैयाँ सञ्चालन मुनाफा गरेको छ ।

संस्था योजना तथा विसका उपसमिति संयोजक विपिन शर्माले नाफाबाट शेयर सदस्यलाई ८.७ प्रतिशत सेयर लाभांश दिने बताए । कार्यक्रममा राष्ट्रिय सहकारी विकास बोर्डका सह अध्यक्ष दक्ष पौडेल, प्रा डा डिल्लीराम दाहाललगायतले शुभकामना ब्यक्त गरेका थिए

साहित्यिक पत्रकार सम्मान न्यौपानेलाई
१२ औं साधारणसभाका अवसरमा संस्थाले साहित्यिक क्षेत्रमा कलम चलाउने मनोज आदित्य न्यौपानेलाई ‘साहित्यिक पत्रकार सम्मान’ गरिएको छ । त्यस्तै उत्कृष्ट कर्मचारीका रुपमा दुईजना कर्मचारीलाई कदरपत्रले सम्मान गरिएको छ । कार्यालय सहायक अनिता अधिकारी र बजार प्रतिनिधि सरोज दाहाललाई कदरपत्रले सम्मान गरिएको थियो ।



Leave a comment