हाइलाइट

सिम्रिक साकोसद्धारा राहत प्रदान

सिम्रिक साकोसद्धारा राहत प्रदान :: Sahakari Akhabar

झापा । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले शेयर सदस्य तथा कर्मचारी परिवारलाई राहत प्रदान गरेको छ । संस्थाको सदस्य सेवा केन्द्र गोलधापका बजार प्रतिनिधि गोकर्ण घिमिरेको बुवाको निधनमा संस्थाले काजकिरिया खर्च तथा मृत्यु राहतसहित समवेदना अर्पण गरेको हो ।

संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत, सचिव इन्द्रबहादुर कार्की, विभागीय प्रमुख, सेवा केन्द्र प्रमुख र कर्मचारीहरुले सोमबार बिहान घिमिरे निवासमा गएर कर्मचारी एवम् शेयर सदस्यको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका हुन् । संस्थाले घिमिरेको परिबारलाई ६० हजार रुपैयाँ राहत प्रदान गरेको हो । संस्थाको मुख्य नेतृत्वले घिमिरे परिवारलाई समवेदना अर्पण गरेको छ ।



Leave a comment