झापा । बिर्तामोडको आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । प्रदेश नं.१ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको प्रमुख आतिथ्यमा भएको साधारणसभामा संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईंले वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
प्रतिवेदनमा संस्थाले गत आर्थिक वर्षमा ५० लाख ६९ हजार ४३४ रुपैयाँको खुद नाफा गरेको उल्लेख छ । १ हजार २ सय १५ शेयर सदस्य रहेको संस्थाको ७९ लाख ८१ हजार शेयर पुँजी रहेको छ । संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट ऋणी तर्फ तारादेवी राजवंशी, असल बचतकर्ता तर्फ अम्बिका धिमाल र ज्येष्ठ शेयर सदस्य तर्फबाट भागिरथा खड्कालाई सम्मान गरेको थियो ।
Leave a comment