हाइलाइट

कर्णाली साकोसद्वारा छात्रवृत्ति र राहत प्रदान

कर्णाली साकोसद्वारा छात्रवृत्ति र राहत प्रदान :: Sahakari Akhabar

झापा । बिर्तामोडमा रहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले भद्रपुरमा सदस्य तथा अभिभावक अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

शिक्षा उपसमितिको संयोजनमा भद्रपुर सेवा केन्द्रका सदस्यहरूलाई अनुशिक्षण गरिएको हो । कार्यक्रममा संस्थाले गत वर्षको छात्रवृत्ति अन्तर्गत सदस्य जया पोखरेलका छोरा अभय पोखरेललाई उच्च शिक्षाका लागि ५० हजार रुपैयाँ प्रदान गरिएको छ ।

कार्यक्रममा सामाजिक उत्तरदायित्व अन्र्तगत शेयर सदस्य सुमित्रा कुँवरलाई १९ हजार ३४० रूपैयाँ र शिव कोइरालालाई ४० हजार ५०० रूपैयाँ स्वास्थ्य उपचार सेवावापत रकम प्रदान गरिएको छ ।

कार्यक्रम शिक्षा समितिका सदस्य हेमराज खतिवडाको अध्यक्षता र संस्थाका अध्यक्षता टसबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।



Leave a comment