हाइलाइट

सहकारी महासंघको तीनदिने भर्चुअल तालिम सम्पन्न

सहकारी महासंघको तीनदिने भर्चुअल तालिम सम्पन्न :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघले बार्षिक कार्यक्रम तथा बजेट तर्जुमा सम्वन्धी तीन दिने भर्चुअल तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रमलार्ई समापन गर्दै राष्टिय सहकारी महासंघका अध्यक्ष मीनराज कडेलले सहकारी संघ संस्थामा वार्षिक कार्यक्रम तथा वजेट तर्जुमा गरी कार्यान्वयन गर्ने अभ्यासको विकास हुदै गएकोे बताए ।

उनले अधिकांश संघ संस्थाहरुले सोही वजेटमा भएको आयव्ययको ९० प्रतिशत भन्दा माथि लक्ष्य हासिल गर्ने गरेको बताए । सहकारी संघ संस्थाले सदस्यहरुलाई प्रभावकारी सेवा प्रवाह गर्न वार्षिक कार्यक्रम तथा वजेट अत्यन्त महत्वपूर्ण हुने भएकोले महासंघले भर्चुअल तालिमको आयोजना गरेको जनाए । महाप्रवन्धक चित्राकुमारी थाम्सुहाड सुव्वाले सवैले समय र परिस्थिति अनुकुल चल्नुपर्ने भन्दै कोभिड १९ महामारीको विषम परिस्थितिमा समेत सहकारी संघ संस्थाको व्यवसायलाई निरन्तरता दिन आवश्यकता अनुरुप महासंघले भर्चुअल तालिमको आयोजना गर्ने वताइन ।

तीन दिवसीय तालिमको पहिलो सेसन महासंघका सञ्चार अधिकृत रामसुदन तिमिल्सिनाले सहकारी संस्था संचालनका आधारभूत पृष्ठभूमि र कुवेर निरौलाले सहजीकरण गरेका थिए । बार्षिक कार्यक्रमको परिचय तथा अवधारणा, कार्यक्रम तयारी र खर्च मिलान तथा व्यवस्थापन, वजेटको परिचय, अवधारणा तथा किसिम, स्रोत परिचालन र बजेट तयारी विधि र फरम्याटको जानकारी सहित एक्सेलमा वजेट तयारीका लागि अभ्यास समेत गराइएको तालिममा सहभागीहरुवीच अन्र्तक्रियात्मक रुपमा संचालन भएको थियो । यसैगरी मनोपरामर्शदाता इन्द्र गुरुङले नेतृत्वका लागि स्वंम अनुशिक्षण विषयमा प्रयोगात्मक विधिबाट प्रशिक्षण दिएका थिए ।



Leave a comment