ललितपुर । राष्ट्रिय सहकारी बैंकको वार्षिक योजना तथा बजेट तर्जुमा तालिम सम्पन्न सम्पन्न भएको छ । बैंकको स्तरीकरण कार्यक्रममा सहभागी सहकारी संस्थाहरुका लागि तालिम सञ्चालन गरेको थियो । वार्षिक योजना तथा बजेट तर्जुमा सम्बन्धी २ दिने भर्चुअल तालिम दिइएको जनाएको छ ।
तालिम समापनका क्रममा बोल्दै बैंकका अध्यक्ष केबी उप्रेतीले सहकारी क्षेत्रलाई प्रभावकारी रुपमा अगाडि बढाउनका लागि संस्थाहरुले योजना बनाएर काम गर्नु पर्ने र त्यसका लागि बैंकले सञ्चालन गरेको तालिम सहयोगी हुने बताए । उनले संस्थाहरु कारोबारका आधारमा नभई योजना, कार्यक्रम र सुशासनका हिसावले प्रभावकारी हुनु पर्नेमा जोड दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी क्षेत्रलाई राज्यका सबै क्षेत्रमा प्रभावकारी भूमिका देखाउनका लागि वित्तीय क्षमतासंगै सुशासन र व्यवस्थापनमा जोड दिनुपर्ने बताए । तालिम बैंकका प्रशिक्षकहरु नविकुमार अधिकारी र सूर्य रिमालले सहजीकरण गरेका थिए ।
तालिमका सहभागीहरुले योजना निर्माण तालिमपछि संस्थाको योजना निर्माण र कार्यान्वयनमा सहज हुने बताएका छन् । संस्थाले बनाएका योजनालाई थप प्रभावकारी र व्यवस्थित गराउन तालिम अत्यन्तै सहयोगी भएको सहभागीहरुको भनाई थियो ।
सहकारी बैंकले आफ्ना सदस्य सहकारी संघ संस्थाहरुको क्षमता विकाससंगै संस्थागत रुपमा सुशासनयुक्त बनाउनका लागि स्तरीकरण कार्यक्रम सञ्चालन गरेको छ । स्तरीकरण कार्यक्रम अन्तरगत दोस्रो चरणको ऋब्च्भ् कार्यक्रममा ५० वटा संस्थाका ७० जनाको सहभागिता रहेको थियो ।
Leave a comment