दोलखा । चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले २८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाले नेपाल रेडक्रस सोसाईटी र नेपाल स्वयंमसेवी रक्तदाता समाज नेपालको शाखा कार्यालय दोलखाको सहकार्यमा खुल्ला रक्तदान तथा सम्मान घोषणा कार्यक्रम गरेको छ । कार्यक्रममा प्रमुख अतिथि भीमेश्वनर नगरपालिका प्रमुख भरतबहादुर केसीले ब्लड ब्याग तथा २८ जना रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरेका थिए ।
संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले संस्थाको गतिविधि बारेमा जानकारी गराएका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय चरिकोटका कार्यालय प्रमुख बिभुकुमार झा, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष हेमन्त चौलागाई, संस्थापक अध्यक्ष रामदाश श्रेष्ठ, नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति गोकर्णप्रसाद पोखरेल, नेपाल स्वयंमसेवी रक्तदाता समाज दोलखा शाखाका अध्यक्ष श्याम गौतमलगायत पदाधिकारी एवं सञ्चालक सदस्य, विभिन्न उपसमितिका सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
Leave a comment