काठमाडौं । सहकारी क्षेत्रमा आउने सवैखाले अनुदान राष्ट्रिय सहकारी बैंकले परिचालन गर्ने भएको छ । सहकारी विकास बोर्ड अन्तर्गत रहेको सहकारी विकास कोष मार्फत आउने सबै किसिमको अनुदान र सहयोग रकम सहकारी बैंकले परिचालन गर्ने व्यवस्था मिलाइने भएको हो ।
राष्ट्रिय सहकारी विकास बोर्डले संसोधन गर्न लागेको राष्ट्रिय सहकारी नीति, २०६९ को पुनरावलोकन मस्यौदामा भनिएको छ ‘नेपाल सरकारले सहकारी क्षेत्रमा दिने सबै किसिमको अनुदान र सहयोग रकम राष्ट्रिय सहकारी विकास बोर्ड अन्तर्गत रहेको सहकारी विकास कोष मार्फत सहकारी बैंकले परिचालन गर्ने व्यवस्था मिलाइनेछ’ ।
त्यसैगरी सहकारी बैंकलाई सवल बनाउदै यसको प्रतिस्पर्धात्मक क्षमता अभिबृद्धि गर्न रणनीतिहरू अख्तियार गरिने, सहकारी बैंकको क्षमता अभिबृद्धि गरी सहकारी उद्योग व्यवसायहरूलाई सहज र सरल कर्जा प्रवाह गर्ने उल्लेख गर्ने । साथै सबैखाले बैंकिङ कारोवार गर्न सक्षम सहकारी बैंकको रुपमा विकास गरिने भने सहकारी बैंकलाई सवल र प्रतिस्पर्धी बनाउन प्रविधिमैत्री बनाइने उल्लेख गरिएको छ । त्यसैगरी साना किसान लघु वित्त संस्था र सहकारी बैंक मार्फत सहकारी संस्थाहरूलाई सरल र सहूलियत दरको कर्जा परिचालन गरिने पनि उल्लेख छ ।
Leave a comment