काठमाडौं । सहकारी संघ संस्थाहरुले सहकारी प्रवद्र्धन कोषमा रकम जम्मा गर्न अब ४ दिन मात्र बाँकी रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहकारी व्यवसाय प्रवद्र्धन गर्न स्थापना गरेको कोषमा रकम जम्मा गर्ने समय ४ दिन मात्र बाँकी रहेको हो । मन्त्रालयले असार १५ गते सूचना प्रकाशन गरी एक महिना भित्र सवै सहकारी संघ संस्थाहरुले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को रकम कोषमा बुझाइसक्नु पर्ने भनेको थियो ।
मन्त्रालय मातहत रहेको सहकारी प्रवद्र्धन कोष सचिवालयले सहकारीलाई रकम जम्मा गरेपछि बैंक भौचर र त्यसको विवरण ईमेल मार्फत मन्त्रालयमा पठाउन सूचना जारी गरेको थियो । सचिवालयले सहकारी संघ संस्थालाई molmcpa@gmail.com मा ईमेल पठाउन आग्रह गरेको छ ।
सहकारी संघ संस्थाले राष्ट्रिय वाणिज्य बैंकको चल्ती हिसाब खाता नं. १९६००००००९०१, कृषि विकास बैंकको चल्ती हिसाब खाता नं. ०१–००२–०१५८२९७४–०१–५ वा नेपाल बैंक लिमिटेडको चल्ती हिसाब खाता नं. २५९०१०००००२००७०००००१ KA. २.७.०.१ मा रकम जम्मा गर्नसक्ने कोषको सचिवालयले जनाएको छ ।
सहकारी ऐन, २०७४ ले सहकारी संघ संस्थाहरुले आर्जन गरेको मुनाफाबाट २५ प्रतिशत जगेडा कोषमा छुट्टयाएपछि बाँकी रहेको रकमबाट ० दशमलव ५ प्रतिशत रकम वार्षिकरुपमा सहकारी प्रवद्र्धन कोषमा जम्मा गर्नुपर्ने व्यवस्था गरेको छ ।
Leave a comment