हाइलाइट

सहकारी सचिव फेरिए

सहकारी सचिव फेरिए :: Sahakari Akhabar

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदार न्यौपानेको सरुवा भएको छ । गत फागुन दोस्रो साता मात्रै सहकारी मन्त्रालयको कार्यभार सम्हालेका न्यौपानेलाई सरकारले जगेडामा राखेको छ । सहकारी मन्त्रालयबाट सरुवा गरी न्यौपानेलाई राजपत्राकिंत विशिष्ट श्रेणी अतिरिक्र समूहमा राखिएको छ ।

सरकारले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिवको जिम्मेवारी टेकनारायण पाण्डेलाई दिएको छ । कर्णाली प्रदेशको प्रधानमन्त्री तथा मुख्यमन्त्री कार्यालयमा जिम्मेवारी सम्हालेका पाण्डेलाई सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ३ सचिवको सरुवा र नयाँ २ सचिवको पदस्थापन गरेको हो ।



Leave a comment