एक पछि अर्को बिवादित निणर्य गर्दै नेफ्स्कून, सल्लाहकार मनोनीतमा ब्यापक असन्तुष्टि

एक पछि अर्को बिवादित निणर्य गर्दै नेफ्स्कून, सल्लाहकार मनोनीतमा ब्यापक असन्तुष्टि :: Sahakari Akhabar

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) फेरी बिवादमा परेको छ । एउटा बिवाद सेलाउन नपाउँदै अर्को बिवादमा परेको हो । नेफ्स्कूको वर्तमान समितिले गरेको उच्च ब्यवस्थापनको राजीनामाको बिषय सेलाउन नपाउँदै सल्लाहकारको मनोनितको विषय बिवादमा परेको छ ।

साउन १ गते गरेको सल्लाहकार मानोनितमा पक्षपात भएको भन्दै सरोकारवालाहरुले असन्तुष्टि ब्यक्त गरेका छन् । नेफ्स्कूनले साउन १ गते पूर्व अध्यक्षहरु मिनराज कंडेल, ऋषीराज घिमिरे र डिबी बस्नेतलाई सल्लाहकारमा मनोनीत गरेको थियो । त्यसमा पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलाई छुटाएपछि सामाजिक संजालमा ब्यापक असन्तुष्टी देखिन थालेको छ । नेफ्स्कूनले सल्लाहकारमा निवर्तमान अध्यक्ष र पूर्व अध्यक्षहरु मनोनित गरेको भने पनि पूर्व अध्यक्ष कैलाशभक्त प्रधानाङ्गलाई मनोनीत नगर्नु नियतवस नै भएको प्रतिकृया आएका छन् । १४ वर्ष नेफ्स्कूनका अध्यक्ष रहेका कैलाशभक्त प्रधानाङ्गलाई छुटाउनु राजनितिक बिचारधाराका कारण भएको पनि टिप्पणी हुन थालेका छन् ।

केन्द्रीय संघले का.मु कार्यकारी प्रमुखको नियुक्ती र सल्लाहकार मनोनीतको कार्यक्रम एकै दिन गरेको थियो । संघका अध्यक्ष परितोष पौड्यालले निर्वतमान एवम् पूर्व अध्यक्षहरुलाई सम्मान स्वरुप सल्लाहकारमा मनोनीत गरेको बताएका छन् । उक्त दिन कामु प्रमुख कार्यकारी अधिकृतको समेत नियुक्ती गरिएको थियो । अध्यक्ष पौडेलले सामाजीक संजालमार्फत सल्लाहकार मनोनितको जानकारी गरायपछि प्रतिकृया जनाउदै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णभक्त लाखाजु लेख्छन् ‘सल्लाहकार हुनु भएकोलाई बधाई छ । तर चौध बर्ष अध्यक्ष हुनु भएका कैलाश सर छुट्टाउनु भयो । पक्षपात भएको अनुभूति भयो ।’

त्यसैगरी पूर्व सहकारी प्रमुख केशवबहादुर थापाले कोलाशभक्त प्रभानाङ्गलाई छुटाउनु नहुने भन्दै लेखेका छन् ‘कैलाश दाइलाई बिर्सने कृतघ्न हुन् मीनराज, डिबी र ऋषिले उहाँ बिनाको पद नलिनु बुद्धिमानी हुन्थो । केटासँग डराए कि ?’ त्यसैगरी अधिकांशले उनलाई छुटाउनु नहुने बिचार ब्यक्त गरेका छन् । सामाजीक सञ्जालमा आएका प्रतिकृयाको जवाफ दिंदै अध्यक्ष पौड्यालले विनियममा ३ जना मात्र राख्न पाइने ब्यवस्था रहेको जनाएका छन् ।

त्यसैमा केशवबहादुर थापाले लेखेका छन् ‘विनियम त जसो बनायो तेसै हो, मनमा हरि भए विनियम मिलाउँदै गर्न हुन्छ, सल्लाहकार त जतिजना राखे नि विनियमले छेक्दैन ।’ त्यसैगरी भक्तपुरकै सत्य पक्काको नामबाट प्रश्न गरका छन् ‘परितोष जी कौलाश सर, पूर्व अध्यक्ष हैन र ?’ फेसबुकमै कर्ण बज्रचार्य लेख्छन् ‘कैलाश भक्त प्रधानाङ्ग समग्र सहकारी अभियानका आदरणीय अग्रज हुनुहुन्छ, उहाँप्रती सम्पुर्ण सहकारी कर्मी नतमस्तक छ । उहाँलाई सल्लाहकार भन्दा उच्च सम्मानित पदमा राखिनुपर्छ ! बिधानमा ब्यबस्था गरौं’ ।

संघको पछिल्लो संचालक समिति आएपछि, ब्यवस्थापन प्रमुखको राजीनामा लगायत सल्लाहकार मानोनितको विषय बिवादित बनेको छ । केहदिन अघी संचालक समितिको दवाबमा उच्च ब्यवस्थापनका दुईजना प्रमुखहरलाई राजीनामा दिन लगाएको समाचार आएको थियो । संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटा र प्रशासन प्रमुख शिव अधिकारीले दिएको राजीनामा बिवादित बनेको थियो । 
 



Leave a comment