काठमाडौं ।काभ्रेको पनौतीमा रहेको नवदुर्गा साकोस र काभ्रेको श्री लेकाली डाँफे कृषि सहकारी सस्था एकिकरण भएका छन् । बागमती प्रदेश सरकार भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयको असार २३ गतेको पत्र अनुसार दुईवटा संस्थालाई एकिकरण गरिएको जानकारी दिएका छ ।
एकिकरण पछि संस्थाको कार्यक्षेत्र काभ्रेपलाञ्चोक जिल्ला भित्रका पनौती नगरपालिकालगायत एघारवटा गाउँपालिका रहेको छ भने एकिकरण पछि संस्थाको नाम श्री नवदुर्गा बचत तथा ऋण सहकारी संस्था रहने जनाइएको छ । साथै संस्थाले यसअघि श्री भुमिडाडा साकोस र पात्लेखेत साकोस बिच २०६८/०४ / ०८ गते, श्री शारदा साकोस र शारदामाई साकोस बिच २०७३/०८/२३ गते गरी ३ चरणमा एकिकरण गरि श्री नवदुर्गा बचत तथा ऋण सहकारी सस्थाको नामबाट संचालित छ ।

Leave a comment