हाइलाइट

बाढीले जम्बु सहकारीको कार्यलय बगाउँदा मानवीय सहित आर्थिक क्षति 

बाढीले जम्बु सहकारीको कार्यलय बगाउँदा मानवीय सहित आर्थिक क्षति  :: Sahakari Akhabar

सिन्धुपाल्चोक । असार २४ गते यालमु खोलामा आएको बाढीले श्री जम्बु बचत तथा ऋण सहकारी संस्थाको कार्यालय बगाएको छ । बाह्रबिसे नगरपालिका वडा न ५ जम्बुमा रहेको संस्थाको मुख्य कार्यालय बगाउँदा संस्थामा रहेको नगद र सम्पूर्ण कार्यालय सामाग्रीसहित कागाजात पनि हराएका छन् ।

असार २४ गते राती आएको भिषण वर्षातले उक्त स्थानमा रहेको यालमु खोलामा अकस्मात बाढी आउँदा कार्यालयमा रहेको नगद सहित कार्यालयका सामाग्री समेत बाढीले बगाएको संस्थाका अध्यक्ष जय बहादुर श्रेष्ठले जानकारी दिए ।

बाढीमा संस्थाकी उपाध्यक्ष सविना तामाङ, बजार प्रतिनिधि सलिना तामाङ त्यसैगरी बचतकर्ता सदस्य भीम बाहादुर वाइबा,  चिनीमाया वाइबा, तोकबहादुर तामाङ, लीलामाया तामाङ, लक्ष्मण वाइबा, युक्तकुमारी लामा, सुबेश तामाङ, माइली तामङ र निकेश बस्नेत बेपत्ता भएको अध्यक्ष श्रेष्ठले बताए । घटनमा ११ जना व्यवसायी पनि बेपत्ता भएको उनले जानकारी दिएका छन् ।

अध्यक्ष श्रेष्ठका अनुसार सहकारीमा भएको क्षति 
१.नगद (४,७९,०००)
२. कम्प्युटर, १ थान ( ८०,०००)
३. प्रिन्टर,१थान (४०,०००)
४. स्टिलको दराज २ थान ( ३४,०००)
५. फाइल र्याक १ थान (१०,०००)
६. काउन्टर १ थान (२५,०००)
७. कुर्सी २ थान (२४,०००)
८. टेबल १ थान (९५,००)
९. ईन्भटर र ब्याट्री १ थान (३८,०००)
१०. सोफा १ थान (२०,०००)
११. पंखा १ थान (३,०००)
१२. भ्याकुम क्लिन (१ थान ६,०००)
१३. सूचना पाटी १ थान (५,०००)
१४. सकल लालपुर्जा १० थान
१५. संस्थाको दर्ता प्रमाणपत्रस विधान शेयर प्रमाणपत्र लगायत सम्पूर्ण कागज पत्र हरु ।
 



Leave a comment