हाइलाइट

तीन सहकारीलाई १३ लाख अनुदान

तीन सहकारीलाई १३ लाख अनुदान :: Sahakari Akhabar

पनौती । पनौती नगरपालिकाले नगरपालिकाका ३ वटा सहकारीलाई १३ लाख अनुदान दिएको छ । नगरपालिकाको महिला तथा बालबालिका शाखाले विभिन्न तीनवटा सहकारीलाई बुधबार बीउपुजीबापत १३ लाख हस्तान्तरण गरेको छ ।

नगरपालिकाले महिला सशक्तीकरण कार्यक्रम अन्तर्गत माता सरस्वती बचत तथा ऋण सहकारी संस्थालाई ६ लाख, बल्थली बचत तथा ऋण सहकारी संस्थालाई ४ लाख र पातिखोरिया कृषि सहकारीलाई ३ लाख रकम प्रदान गरेको छ । पनौती नगरपालिकाका मेयर भिम न्यौपाने, उपमेयर गीता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईं लगायतले सहकारीलाई सो रकम हस्तान्तरण गरेका थिए ।

पिछडिएका महिला उद्यमीहरुका लागि तरकारी खेती, बाख्रापालन लगायतका व्यवसायीक कार्य संचालन गर्न सहकारीलाई रकम दिईएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद चापागाईंले जानकारी दिए ।
 



Leave a comment