हाइलाइट

सहकारी विषयलाई पाठ्यक्रममा राख्न मन्त्रालयले सहयोग गर्ने 

सहकारी विषयलाई पाठ्यक्रममा राख्न मन्त्रालयले सहयोग गर्ने  :: Sahakari Akhabar

ललितपुर । सहकारी विषय पढाईकालागि पाठ्यक्रममा राख्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सहयोग गर्ने भएको छ ।

मन्त्रालयका सचिव केदार न्यौपानले सहकारीमा औपचारिक शिक्षाको आवश्यकता रहेको भन्दै विद्यालय र विश्वविद्यालय तहमा सहकारीका पाठ्यक्रम विकास गरी अध्ययन अध्यापन गराउनका लागि मन्त्रालयले सहयोग गर्ने बताए । राष्ट्रिय सहकारी महासंघले आयोजना गरेको विद्यालय तथा विश्वविद्यालयमा सहकारी पाठ्यक्रम तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सचिव न्यौपानेले पाठ्यक्रममा सहकारी विषय सामेल गर्न मन्त्रालयको सहयोग हुने बताए ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, उपाध्यक्ष रमेश पोखरेल, त्रिभुवन युनिभर्सिटीका शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसाल, सहकारी विकास बोर्ड, सहकारी विभाग, सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र, पाठ्यक्रम विकास केन्द्र, महासंघका पूर्व अध्यक्ष दिपकप्रकाश बाँस्कोटा, संचालक तथा केन्द्रीय सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिको उपस्थिति थियो ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रोफेसर डा. डिल्लीराज शर्मा, एसोसिएट प्रोफेसर डा नरेन्द्रराज पौडेलले विश्वविद्यालयमा सहकारी पाठ्यक्रमको अवस्था, भावी योजना तथा कार्यक्रमका विषयमा कार्यपत्र प्रस्तत गरेका थिए । कार्यक्रमको सहजीकरण महासंघका नायव महाप्रबन्धक बाबुल खनालले गरेका थिए ।
 



Leave a comment