काठमाडौं । राष्ट्रिय सहकारी बैंकलाई थप २४ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकले स्विकृति दिएको छ । काठमाडौं उपत्यकासहित देशभर २४ वटा शाखाको स्वीकृति दिएसँगै सहकारी बैंकका ६८ वटा शाखा पुग्ने भएका छन् ।
बैंकका सञ्चालक ज्ञानबहादुर तामाङका अनुसार राष्ट्र बैंकले बाग्मती प्रदेशमा मात्र १२ नयाँ शाखाका लागि स्वीकृति दिएको छ । काठमाडौंको नारायणगोपाल चोक, बलम्बु, जोरपाटी, पुतलीसडक, नयाँबजार, कीर्तिपुर, कोटेश्वर, कालिमाटीकालागि शाख स्विकृती पाएको छ । त्यस्तै भक्तपुरको सूर्यबिनायक र कमलबिनायक, ललितपुरको इमाडोल, चितवनको टाँडी, दाङको तुल्सीपुर, कास्कीको ताल्चोक, बाराको कलैया, बाँकेको नेपालगञ्ज, मोरङको सुन्दर हरैचा, बर्दियाको भुरीगाउँ, कञ्चनपुरको महेन्द्रनगर, सुनसरीको इनरुवा, रुपन्देहीको भैरहवा, झापाको मेचीनगर, स्याङ्जाको पुतलीबजार र रुपन्देहीको तिलोत्तमामा शाखा थप्न राष्ट्र बैंकले स्वीकृत दिएको हो ।
१२ हजार सहकारी संस्था सदस्य रहेको बैंकले ४० अर्बको कारोबार गर्दै आएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रिकुमार गुरागाईका अनुसार बैंकले ३६ अर्ब ५० करोड बचत संकलन गरी २३ अर्ब कर्जा लगानी गरेको छ । बैंकले प्रदेशस्तरीय शाखा कार्यालयको समेत तयारी गरिरहेको जनाए । उनले भन विभागको स्विकृतीमा प्रदेशमा रहेका सहकारी बैंकका कार्यालयलाईनै रुपान्तरण गर्ने तयारी रहेको प्रमुख गुरागाईले बताए ।
Leave a comment