हाइलाइट

निश्कृय संघहरुको ब्यवस्थापन गर्नुपर्छ

सहकारीको पैशा बाहिर नपठाऔं 

निश्कृय संघहरुको ब्यवस्थापन गर्नुपर्छ :: Sahakari Akhabar

ललितपुर । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले निश्कृय संघहरुको ब्यवस्थापन गर्नुपर्ने बताएका छन् । उनले निश्कृय जिल्ला संघलाई एकीकरण गर्ने वा अन्य विकल्पका विषयमा सोच्नुपर्ने अवस्था आएकोले लामो समय यस्तै रुपमा राख्नु नहुने बताए ।

राष्ट्रिय सहकारी महासंघले वाग्मती प्रदेशमा रहेका सदस्य संघहरुसँर्ग कोभिड १९ को असर र भावी नीति तथा कार्यक्रम’ विषयमा गरेको भर्चुअल अन्र्तक्रिया कार्यक्रममा सहकारीको पैसा सहकारीकै संजालमा राख्नपर्ने पनि बताएका छन् । उनले सहकारीको पैशा सहकारी संजालमै राख्नकालागि आव्हान गरेका हुन् ।

कंडेलले ‘सबै सहकारीको पैसा अभियानमै राख्दा सहकारीमा आउने चुनौती सामना गर्न सहज हने बताए । उनले धेरै सहकारीले बचत फिर्ता भन्दा तरलता बढेको बताएकोले तरलता सहकारी संजालमै राखे अन्य संस्थाको तरलता ब्यवस्थापन गर्न सहज हुने बताए । सहकारीले बैंक तथा अन्य वित्तिय संस्थाबाहेक राष्ट्रिय सहकारी बैंक, नेफ्स्कून, विषयगत जिल्लास्तरीय सहकारी संघलगायतमा राख्न आग्रह गरेका हुन् ।

अध्यक्ष कँडेलले सहकारीलाई लकडाउनका अवधिभरको हर्जना नलिन, ऋणको किस्ताको लागि म्याद थप गर्न, ब्याज छुट दिनका लागि आवश्यक नीतिको अवलम्बन गर्नका लागि समेत आग्रह गरे । महासंघका वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले बजेट निर्माण उपसमितिको संयोजकको समेत हैसियतले छलफलमा उठेको विषयलाई महासंघको कार्यक्रम तथा बजेटमा सम्बोधन गर्न पहल गर्ने बताइन् । उनले सहकारीले लकडाउनको समयमा राम्रो सेवा दिएका कारण राम्रो सन्देश गएको बताइन । उपाध्यक्ष रमेश पोखरेलले लकडाउनका समयमा स्थानीय किसानका उत्पादनलाई बजारसम्म पुर्याउनकालागि अभियानले भूमिका खेलेको र यसलाई निरन्तरता दिने विषयमा बृहत छलफल गर्नुपर्ने बताए ।

छलफलामा बागमती प्रदेशका १३ जिल्लामध्ये ९ जिल्लाका जिल्ला संघ तथा विषयगत जिल्ला संघका अध्यक्ष तथा प्रतिनिधिहरु र महासंघका संचालक खेम पाठक, केवी उप्रेती, नारायण देवकोटासहित वाग्मती प्रदेशका संचालकहरु डिवी बस्नेत, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल र लेखा तथा सुपरिवेक्षण समितिका सदस्य बालकुमारी श्रेष्ठको सहभागिता रहेको थियो । त्यसैगरी यस प्रदेशमा रहेका विषयगत केन्द्रीय सहकारी संघ तथा राष्ट्रिय सहकारी बैंकको समेत सहभागिता रहेको महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले बताइन ।



Leave a comment