काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सघ (नेफ्स्कून) का पूर्व अध्यक्ष ऋषीराज घिमिरेले सरकारले लघुवित्त संस्थाहरु बन्द गर्नुपर्ने बताएका छन् । नेफ्स्कूनको प्राविधिक सहयोगमा १८ गते आईतबार गरेको सरकारको ‘निती तथा कार्यक्रम, बजेट र सहकारीको भूमिका’ बिषयको भच्र्युअल कार्यक्रममा घिमिरेले सरकारलाई लघुवित्त बैंक बन्द गरिदिन आग्रह गरे ।
उनले भने ‘सरकारले लघुवित्त बैंक बन्द गरिदिए हुन्थ्यो, सहकारी र लघुवित्तको काम प्यारालाल भयो ब्याज पनि बढी भएकोले सहकारीलाई अप्ठ्यारो परेको छ ।’ उनले सहकारीको बर्गिकरण सहकारी आफैले गर्ने त्यसो हुननसके केन्द्रीय संघहरुले चासो लिनुपर्ने बताए । उनले मर्जर राज्यले गर्ने विषय नभएकोले यसमा केन्द्रीय संघहरुलेनै चासो दिनु पर्ने बताए । उनले भने संस्था बिग्रीयो भने कारबाही र थुन्ने काम सरकारले गर्ने बताए ।
सहकारीले तरलता लगायतका विषयमा, आफ्नो ब्यवस्था आफै गर्ने र आफै भित्र ब्यवस्था गर्ने भएकोले तरलता ब्यवस्थापनकालागि पनि सरकार गुहार्न नहुने बताए । सहकारीका केन्द्रीय संघहरुले सरकार र अरुहरुलाई सहकारी बुझाउन नसकेको उनले बताए । सहकारीमा बर्गीकरणको कुरा, एकिकरणको कुरा सरकारले गर्ने विषय नभएको र ऐन नियममानै केन्द्रीय संघहरुलाई गर्नसक्ने अधिकार हुनु पर्ने उनको भनाई छ ।
विश्वमा सेन्ट्रल फेडेरेसनले गर्ने प्रचलन रहेकोले यो सरकारले गर्ने विषय नभएको दोहोर्याय । फोर्स मर्जर अथवा अन्य तरिकाको मर्जर केन्द्रीय संघहरुले गर्न पाउनु पर्नेमा अडानका साथ लविङ गर्नुपर्ने उनको भनाई छ ।
Leave a comment