भक्तपुर । शिखरदिप बहुउद्देश्यीय सहकारी संस्था र शिवशिखर कृषि सहकारी संस्थाले भक्तपुर नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा खाद्यान्न सहयोग गरेका छन् ।
संस्थाले भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतीलाई १५० प्याकेट उपकार चामल, १५० प्याकेट चनाको दाल तथा १५० प्याकेट नुनलगाएतको राहत हस्तान्तरण गरेको जनाएको छ ।
विश्व कोरोना भाइरसको संक्रमणले थलिरहेको र नेपालमा समेत पूर्ण लकडाउनको अवस्था रहेको हुँदा दैनिक ज्याला मजदुरी गर्ने, कोठा भाडामा वस्ने अति विपन्न लगाएतका वर्गलाई राहत पुगोस् भन्ने उद्धेश्यले स्थापना भएको उक्त कोषमा सहयोग गरेको संस्थाले जनाएको छ ।
Leave a comment