जोखिम व्यवस्थापन कार्यदल गठन गर्न सहकारी अभियानको संयुक्त अपिल

जोखिम व्यवस्थापन कार्यदल गठन गर्न सहकारी अभियानको संयुक्त अपिल :: Sahakari Akhabar

काठमाडौं । उपत्यकाका सहकारी संघसंस्थाहरुलाई जोखिम व्यवस्थापन कार्यदल गठन गर्न सहकारी अभियानले संयुक्त अपिल गरेको छ । उपत्यकाका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला संघहरुको आज बसेको संयुक्त बैठकले बन्दबन्दीको समयावधिसम्म सदस्यलाई अनावश्यक रकम नझिक्न र आवश्यक वस्तु तथा सेवा खरीदका लागि मात्र हप्ताको १ पटक २० हजार सम्म रकम झिेकेर सहयोग गर्न अनुरोध गरेको छ ।

साथै संस्थाको तरलता तथा नगद व्यवस्थापन क्षमताको आधारमा निश्चित तालिका समेत तोकी भुक्तानी गर्न संस्थालाई अनुरोध गरिएको छ । बैठकले अत्यावश्यक दैनिक खाद्यान्न व्यवस्थापन गर्न बाहेक अन्य क्षेत्रमा परिस्थिति सहज नहुन्जेल सम्मका लागि कर्जा प्रवाह नगर्नु संस्थाहरुलार्य आग्रह गरेको छ । साथै संयुक्त बैठकले सहकारी विभाग र प्रदेश सरकारको सूचनालाई परिपालना गर्न समेत भनेको छ । संस्थाहरुले सुरक्षित विधि प्रयोग गरी न्युनतम् जनशक्तिबाट ३ घण्टा साथै सम्र्पक व्यक्ति तोकि सदस्यहरुलाई सेवा प्रदान गर्न लगाएतका सात बुँदे अपिल गरेको छ ।

देशभर बन्दबन्दी (लकडाउन) को अवस्था रहेको हुँदा सहकारी संघसंस्थाहरुले यस्तो विषम परिस्थितीमा सहकारी क्षेत्रमा देखिएको समस्या र त्यसबाट दीर्घकालिन रुपमा पर्न सक्ने प्रभावहरुलाई समेत मध्यनजर गर्दै संस्थाले दिने सेवालाई अझ सुरक्षित र दीगो रुपमा सञ्चालन गर्न उपत्यका भित्रका जिल्ला सहकारी संघहरु र विषयगत जिल्ला सहकारी संघहरु समेतको निर्णय बमोजिम हाललाई तपशिल बमोजिम गर्नु÷गराउनुहुन उपत्यका भित्रका सम्पूर्ण सहकारी संस्थाहरुलाई हामी संयुक्त अपिल गरेको छ ।



Leave a comment