काठमाडौं । उपत्यकाका सहकारी संघसंस्थाहरुलाई जोखिम व्यवस्थापन कार्यदल गठन गर्न सहकारी अभियानले संयुक्त अपिल गरेको छ । अपिलमा संस्थाहरुमा जोखिम व्यवस्थापन कार्यदल गठन गर्ने र जोखिमको अवस्थाको अध्ययन गरी सोको तत्काल् सम्बन्धित् जिल्ला सहकारी संघ र विषयगत संघहरुमा वित्तिय अवस्थाहरुको लिखित जानकारी गराउन अनुरोध गरेको छ ।
अपिलमा बन्दबन्दीको समयावधिसम्म अनावश्यक रकम घरमा संचित नगर्नका लागि अनुरोध गर्दै सदस्यलाई आवश्यक वस्तु तथा सेवा खरीदका लागि मात्र हप्ताको १ पटक अधिकतम् २० हजार मात्र वा संस्थाको तरलता तथा नगद व्यवस्थापन क्षमताको आधारमा निश्चित तालिका समेत तोकी भुक्तानी गर्न भनिएको छ ।
उपत्यकाका जिल्ला सहकारी संघ तथा विषयगत जिल्ला संघहरुको संयुक्त बैठकले अत्यावश्यक दैनिक खाद्यान्न व्यवस्थापन गर्न बाहेक अन्य क्षेत्रमा परिस्थिति सहज नहुन्जेल सम्मका लागि कर्जा प्रवाह नगर्नु भनेको छ । साथै संगुक्त बैठकले सहकारी संस्थाहरुले सुरक्षित विधि प्रयोग गरी न्युनतम् जनशक्तिबाट ३ घण्टा साथै सम्र्पक व्यक्ति तोकि सदस्यहरुलाई सेवा प्रदान गर्न लगाएतका सात बुँदे अपिल गरेको छ ।
संगुक्त बैठकले अपिल गर्दै भनेको छ, नेपाल लगायत विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोनाभाईरस (कोभिड–१९) ले सामाजिक, आर्थिक तथा सांस्कृतिक क्षेत्रमा पु¥याउन सक्ने क्षतिको न्यूनिकरण तथा नियन्त्रण गरी मानविय क्षतिहुन नदिन नेपाल सरकारले पछिल्लो पटक आगामी २०७७ साल वैशाख २५ गते सम्मकालागि देशभर बन्दबन्दी (लकडाउन) को अवधी तोकेको हुँदा सहकारी संघ÷संस्थाहरुले समेत नेपाल सरकारको निर्णयहरुको पालना गर्नु सहकारी अभियानको दायित्व हो ।
यस्तो विषम परिस्थितीमा सहकारी क्षेत्रमा देखिएको समस्या र त्यसबाट दीर्घकालिन रुपमा पर्न सक्ने प्रभावहरुलाई समेत मध्यनजर गर्दै संस्थाले दिने सेवालाई अझ सुरक्षित र दीगो रुपमा सञ्चालन गर्न उपत्यका भित्रका जिल्ला सहकारी संघहरु र विषयगत जिल्ला सहकारी संघहरु समेतको निर्णय बमोजिम हाललाई तपशिल बमोजिम गर्नु / गराउनुहुन उपत्यका भित्रका सम्पूर्ण सहकारी संस्थाहरुलाई हामी संयुक्त अपिल गर्दछौ ।
Leave a comment