काठमाडौं । पाँचतारा बचत तथा ऋण सहकारी संस्थाले कोरोना भाइरस (कोभिड १९) को संत्रासका कारण बन्दाबन्दीमा रहेका अत्यन्तै न्युन आय भएका सदस्यहरुलाई दुई हजारका दरले नगद सहयोग गरेको छ ।
संस्थाले सदस्यलाई सहज दैनिक जीवन यापनका लागि राहत स्वरुप सहयोग गर्ने निर्णय भए बमोजिम बैशाख ११ गते बाट राहत वितरण शुरु गरेको संस्थाकी प्रवन्धक राधा कडरियाले जानकारी दिइन् ।
उनले संस्थाको सहयोग, अत्यन्त नाजुक र बैकल्पिक उपाय नभएका सदस्यहरुको लागि भएकाले सहयोगलाई “दुरुपयोग नगरौं, भोकै नबसौं” भन्दै सवैमा सकारात्मक भावनाकासाथ राहत दिएको बताइन् ।
विषम परिस्थितिलाई अदम्य उत्साह र साहसका साथ सामना गर्न र लकडाउनको पूर्ण पालना गरी आफू सदस्यहरुलाई सुरक्षित रहन पनि आग्रह गरिन । उनले दैनिक बिहान ७ बजे देखि ९ बजे सम्म कार्यालय खोलेर सेवा दिइरहेको र त्यस बाहेको समयमा सदस्यलाई रकम आश्यक परेमा सम्पर्क व्यक्ती मार्फत सेवा लिन पनि उनले आग्रह गरेकी छन् ।
Leave a comment