काठमाडौं । कारोना भाइरस संक्रमणको त्रासले विश्वका धेरै देशहरु बन्दाबन्दी (लकडाउन) को अवस्थामा छन् । नेपाल पनि विगत एक महिनादेखि बन्दाबन्दीको समय गुजारीरहेको छ । यसका कारण मुलुकका हेरक क्षेत्र प्रवाभित भएका छन् । सवै भन्दा ठूलो असर वित्तिय क्षेत्रलगाएतमा परेको विश्लेषकहरुको भनाई छ ।
नेपालमा ३५ हजार सहकारी संघ संथाहरुमध्ये अधिकांशले वित्तिय कारोबार गरिरहेका छन् । सहकारीसंग ६० लाख मानिस आवद्ध भएको सहकारी निकायको भनाइ छ । मूलुकमा बचत तथा ऋण सहकारीको संख्या १२ हजारको हाराहारीमा छ ।
विपद्को समयमा सहकारीहरुले सदस्य संघसंस्थाहरुलाई दिने सेवामा र सहकारीको भूमिकाका बारेमा संघसंस्था अलमल भएको देखिन्छ । बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघ नेफ्स्कूले बचत तथा ऋण सहकारी संघ संस्थाहरुकालागि महामारीमा सहकारी सेवा व्यवस्थापन सम्बन्धि निर्देशिका, २०७६ जारी गरेको छ ।
निर्देशिकाको पूर्ण पाठ













Leave a comment