हाइलाइट

नवकान्तिपुर साकोसले पालैपालो सेवा दिने 

नवकान्तिपुर साकोसले पालैपालो सेवा दिने  :: Sahakari Akhabar

काठमाडौं । बत्तिसपुतलीमा रहेको नवकान्तिपुर बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधीभर शाखा तथा केन्द्रिय कार्यालयमार्फत पालैपालो सेवा दिने भएको छ । संस्थाले साताको मंगलबार र शनीबार बाहेकको दिनमा सदस्यलाई विहान ११ बजे देखि दिउँसो १ बजे सम्म अत्यावश्यक मात्र सेवा लिन अनुरोध गरेको छ ।

संस्थाले सोमबार, बुधबार र शुक्रबार मुख्य कार्यालय बत्तिसपुतलीबाट तथा आइतबार र बिहीबार शाखा कार्यालय इन्द्रचोकबाट सदस्यलाई सेवा दिने भएको हो । उक्त समयमा सदस्यलाइ २५ हजार सम्म बचत भुक्तानी गरिने र सम्भव भएसम्म संस्थाको डिजिटल प्रविधि प्रयोग गर्न पनि संस्थाले आग्रह गरेको संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले जानकारी दिएका छन् । 
 



Leave a comment