अनुदानकैलागि किसान भएकाहरुबाट राज्यले समृद्धिको सपना देखेकोले सकारात्मक नतिजा नआएको हो। हामी राज्यसंग अनुदान जस्ता कुराहरु माग्न जाँदैनौं हामी राज्यको सपना पुरा गर्न सहयोग गर्ने छौं । देशमा सहकारी मार्फत नमूना काम गरेर देखाउछौं ।
काठमाडौं । रोयल बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्ध निर्देशक सिताराम काफ्लेले अवको पाँच वर्षमा सहकारी मार्फत कृषिमा नमुना काम गरेर देखाउने दावी गर्दै, आफूहरुलाई सरकारलेनै खोज्दै आउने बताएका छन् ।
उनले सहकारी अखवारसंग कुरा गर्दै भने ‘हामी सरकार, निजी क्षेत्र र सहकारीको साझेदारीमा अवको पाँच वर्षमा कृषि क्षेत्रबाट देखिने काम गर्छो र दश वर्षमा कृषि मार्फत सदस्यको अर्थिक वृद्धिमा कायापलट ल्याउने छौं । हामी सरकारलाई खोज्दै जाने हैन, सरकार हामीलाई खोज्दै आउने छ ।’
उनले सहकारी मार्फत देशमा कृषि क्रान्ति गर्न सकिने र कृषिनै सम्वृद्धिको विकल्प भएको बताए । उनले भने, आफूहरु कृषि क्रान्तिमा लागेको र शहरको पूँजी गाउँमा तथा गाँउको उत्पादन शहरमा भित्र्याउने योजनामा छौं । यसकालागि उचित माध्याम सहकारीनै भएको उनको भनाइ छ ।
सन्दर्भ :संस्थाको २३ औं स्थापना दिवस
सहकारीले एक्लै सम्भव नभएको र निजी क्षेत्रसंगको सहकार्यमा कृषिमा क्रान्ति ल्याउन सकिने उनको विचार छ । मुलुक समृद्ध भएको राज्य पनि हेर्न चाहन्छ, राज्यको चाहना पनि यही हो । यसमा राज्यले निती निर्माणमा सहयोग गर्नु पर्ने उनको भनाइ छ । उनले योजनाकासाथ आफूहरु अघी वढीसकेको र नतिजा देखाउने क्रममा रहेको बताए । अवको दिनमा व्यवसायीक कृषिमा नजोडिइकन कसैकोपनि आर्थिक सम्पन्नता आउन नसक्ने भएकोले उत्पादक र उपभोक्ता सिधै जोडिने काम सहकारी मार्फत गर्ने गर्नुपर्ने उनको धारणा छ । यसकालागि संस्थाले मुक्तिनाथ कृषि कम्पनीसंग सहकार्य गरेको बताए ।
सहकारीले ग्रामीण भेगका किसान तथा सदस्यहरुलाई उत्पादनमा लाग्न प्रविधि लगाएत तालिम, मेशनरी औजार, अनुदान र बजारीकरणकालागि सहयोग गर्ने, उनीहरुको उत्पादनलाई सहकारी मार्फत कृषि मार्ट खोलेर उपभोक्तमाझ पुर्याउने र मुक्तिनाथ कृषि कम्पनीले उत्पादनकालागि किसानलाई सम्पूर्ण अत्यावश्यक प्रविधि र सामाग्री उपलब्ध गराउने, उत्पादनको उचित मूल्य दिएर कम्पनीले खरिद गरिदिने बजारको ग्यारेण्टी कम्पनीले गर्ने र राज्यले आवश्यक निति निर्माणको काममा मात्र सहयोग गरिदिए पुग्ने उनको भनाई छ । अनुदानकैलागि किसान भएकाहरुबाट राज्यले समृद्धिको सपना देखेकोले सकारात्मक नतिजा नआएको उनको भनाई छ ।
हामी राज्यसंग अनुदान जस्ता कुराहरु माग्न जाँदैनौं हामी राज्यको सपना पुरा गर्न सहयोग गर्ने छौं । देशमा सहकारी मार्फत नमूना काम गरेर देखाउछौं । उनले अवका दिनमा सम्पूर्ण उपभोग्य सामाग्री उत्पादन र वितरणको काम साझेदारीमा गरेर सहकारीको भूमिका वढाउने बताए । उत्पादकलाई उचित मूल्य र उपभोक्तालाई स्वस्थ उपभोग्य बस्तु उपलब्ध गराउँदै विचौलियाको अन्त्य गर्ने योजना रहेको बताए । संस्थाले मुक्तिनाथ कम्पनी संगको सहकार्यमा सदस्यलाई रोजगारी दिने, ब्यवसायी बनाउने तथा उनीहरुको उत्पादन ग्रेडिङ, प्याकेजिङ गरेर संस्थाको लोगो सहितको स्वस्थकर उत्पादनहरु देशभरी स्थापना भएका आफ्नै बजार मार्फत उपभोक्ताले उपभोग गर्न पाउने बताए ।
संस्थाले ८२ करोड ७६ लाख बचत संकलन, ८३ करोड ४५ लाख ऋण लगानी तथा १ अर्व २५ करोड ५७ लाखको कुल कारोबार गरेको प्रवन्ध निर्देशक काफ्लेले भने । संस्थाको मुख्य कार्यालय तथा चारवटा सेवा केन्द्रमार्फत सेवादिइरहेको संस्थाले मुख्य कार्यालय रहेको भवन भाडाबाट वार्षिक एक करोड आम्दानी हुने पनि बताए । उनले आगामी वर्षमा चारवटै सेवाकेन्द्रको भवन निर्माण गर्न प्रकृया अघि वडढाइसकेको समेत जानकारी दिए ।
सहकारी ऐन ०४८ पछि संख्यात्मक रुपमा सहकारीले फड्को मारेपनि गुणात्मक विकास भने हुन नसकको उनको भनाइ छ । संस्थाले आगामी दिनहरु दिगो, गुणात्मक र गतिशील बनाउने कुरामा प्रतिवद्ध रहेको उनले बताए । उनले भने ‘संस्थालाई अगाडि बढाउने सन्दर्भमा हामीसँग स्पष्ट खाका छ । जुनप्रकारको योजना बनाएर हामी अगाडि बढेका छौं यसले नेपालकै नमुना सहकारीको रुपमा विकास गर्न सहयोग पुर्याउनेछ र नेपालमा हेर्न लायक सहकारी संस्था बनाउन हामी तल्लिन छौं ।’
२०५५ साल बैशाख ९ गते स्थापना भएको संस्थाले काठमाडौंका ग्रामीण क्षेत्र फर्पिङ, साँखु, जितपुर फेदी जस्ता ठाउँमा लघुवित्तमार्फत सहकारीको सेवा पुर्याउदै आएको र ग्रामिण क्षेत्रलाई सेवा दिन लघुवित्त र वित्तीय कारोबार गरेको उनले जानकारी दिए । संस्थामा ४ हजार ९ सय ३० जना महिला, २ हजार १ सय ७८ जना पुरुष गरी, जम्मा ७ हजार १ सय ८ जना सदस्य रहेको उनले बताए ।
संस्थाले ८२ करोड ७६ लाख बचत संकलन, ८३ करोड ४५ लाख ऋण लगानी तथा १ अर्व २५ करोड ५७ लाखको कुल कारोबार गरेको प्रवन्ध निर्देशक काफ्लेले भने । संस्थाको मुख्य कार्यालय तथा चारवटा सेवा केन्द्रमार्फत सेवादिइरहेको संस्थाले मुख्य कार्यालय रहेको भवन भाडाबाट वार्षिक एक करोड आम्दानी हुने पनि बताए । उनले आगामी वर्षमा चारवटै सेवाकेन्द्रको भवन निर्माण गर्न प्रकृया अघि वडढाइसकेको समेत जानकारी दिए ।
Leave a comment