काठमाडौं । नेपाल बचत तथा ऋण कन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले सदस्य संघ संस्थालाई पर्ने समस्याकालागि १० करोडको विपत् ब्यवस्थापन कोष स्थापना गर्ने भएको छ ।
संघले वर्तमान लागिएको नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष तथा विपत ब्यवस्थापन कार्यदलका संयोजक चन्द्र ढकालले जानकारी दिए । उनले भने कार्यदलले कार्यविधि निर्माण गरेर समितिले पास गरीसकेको बताए । कोषले लकडाउन पछि सहकारी संघ संस्थामा पर्ने तरलताको अभाव लगाएतका समस्यामा सहुलियत कर्जा लगाएतको सहयोग गर्ने ढकालले बताए ।
उनले भने दैनिक रूपमा कर्मचारीहरू मार्फत सदस्य संस्थासंग जिवन्त सम्पर्कको व्यवस्था मिलाइएको र उनीहरुको अवस्था पहिचान गर्ने, वित्तीय स्वास्थ र सामाजिक मनोपरामर्शका लागि प्रभावकारी अडियो सामाग्री निर्माण गर्ने, सदस्य सेवामा सरलीकरण गर्न नवीनतम प्रबिधिको विकास गर्ने, संस्थालाई आवश्यकता अनुसारको निशुल्क अन लाइन प्रशिक्षण तथा परामर्श सेवा संचालन गर्ने काम दैनिक रुपमा भईरहेको उनले बताए ।
साथै नेफ्स्कूनले सदस्य संघ संस्थाको तरलताको अवस्थाबारे अद्यावधिक जानकारी लिने, संघ जिल्ला सँगका अपेक्षाहरु संकलन गरी सम्बोधन गर्ने र सदस्य संघ संस्था मार्फत कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्य सहयोग एवम् विभिन्न तहका सरकारी कोषमा गरेको योगदानको तथ्यांक अद्यावधिक गर्न सर्भेक्षण तथा सूचना संकलनको कार्य शुरु गरेको संघका व्यवसाय विभाग प्रमुख सञ्जय तिमिल्सिनाले जानकारी दिए ।
Leave a comment