हाइलाइट

हिमशिखर सहकारीले सातामा दुई दिन कार्यालयबाट सेवा दिने

हिमशिखर सहकारीले सातामा दुई दिन कार्यालयबाट सेवा दिने :: Sahakari Akhabar

भक्तपुर । गठ्ठाघरमा रहेको हिमशिखर बहुउद्देश्यीय सहकारीले सदस्यलाई सातामा दुई दिन कार्यालय खोली सेवा दिने जनाएको छ । संस्थाले साताको सोमबार र बिहिबार बिहान ११ बजे देखि दिउँसो १ बजे सम्म कार्यालयबाट सेवा दिने जनाएको छ ।

उक्त समयमा अत्यावश्यक बैैकिङ्ग सेवाका कर्जा भुक्तानी गर्न तथा २० हजार सम्म बचत झिक्न सकिने संस्थाका कार्यालय प्रमुख हरिहर भण्डारीले जानकारी दिएका छन् । साथै अन्य समयमा संस्थाले तोकेको सम्पर्क ब्यक्ती मार्फत सेवा लिन सूचना जारी गरेको छ ।

संस्थाले उक्त समयमा सदस्यलाई आपतकालिन अवस्थामा अति आवश्यक खाद्यान्न तथा अपभोग्य सामान खरिद र औषधी उपचार खर्च रकम अभाव भएमा संस्थाले तोकेको सम्पर्क व्यक्ती हरिहर भण्डारी, ९८५१०७६१६९ र पूर्ण केशरी लाखेमरु, ९८४१०४१९९० मार्फत सेवा लिन सकिने जनाएको छ ।
 



Leave a comment