ललितपुर । राष्ट्रिय सहकारी महासंघले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारकोषमा सहकारी मार्फ भएको सहयोगको रेकर्ड संस्थासंग मागेको छ । महासंघले महामारीका कारण देशभर लकडाउन भएको समयमा सहकारी संघ÷संस्थाले गरेको योगदानको उच्च मुल्याङकन समेत गरेको छ ।
महासंघको बैशाख ५ गते बसेको संचालक समितिको बैठकले सहकारी अभियानले विषम परिस्थितिमा गरेका कार्यको व्यवस्थित रुपमा डाटा संकलन गर्न निर्णय गर्दै सहकारी संघ÷संस्थालाई आफूले गरेको कार्यको विवरण महासंघमा उपलब्ध गराउन आग्रह गर्ने समेत निर्णय गरेको छ ।
छलफलमा कोरोनाको महामारीको समयमा सहकारीे क्षेत्रले गरेको सेवाको विषय सहित यसको असर र यसले सिर्जना गर्ने समस्या तथा चुनौतीका विषयमा समेत छलफल गरेको छ
कृषि, उपभोक्ता तथा अन्य उत्पादक सहकारी तथा वित्तिय कारोबार गर्ने सहकारीहरुले पु¥याइरहेको सेवा, संस्थाहरुमा पर्ने असर र चुनौती तथा त्यसको समाधानका विषयमा सम्बन्धित क्षेत्रका सहकारीकर्मीहरुसँग छलफल गरी भावी योजना तयार गर्ने निणर्य गरेको महासंघले जनाएको छ ।
छलफलमा वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, संचालकहरु केवी उप्रेती, खेम पाठक, डिवी बस्नेत, टेकप्रसाद चौलागाई, राजेन्द्र पौडेल र महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाको उपस्थिति थियो ।
Leave a comment