काठमाडौं । तीनकुनेमा रहेको हिलटप जुनार बहुउद्देश्यीय सहकारले संचालकको घरबाटै सदस्यलाई सेवा दिने भएको छ ।
बिश्वब्यापीरुपमा फैलियको कोरोना भाइरसको कारण संस्थाका कर्मचारीहरु तथा संचालकहरु पनि लकडाउनमा रहेकाले कार्यालय खोली सदस्यलाई सेवा दिन असमर्थ रहेको भन्दै अत्यावश्यक अवस्थामा संचालकको घरबाटै सेवा दिने संस्थाका प्रवन्ध संचालक सुमन विक्रम थापाले बताए ।
उनले सबैको स्वास्थ र सुरक्षालाई प्राथमिकतामा दिंदै घरबाटै सदश्यलाइ सेवा दिने बताए । सदस्यलाई कुनै प्रकारको बित्तीय आवश्यकता परेमा संस्थामा जम्मा भएको बचत झिक्नु परेमा वा ऋणको आवश्यक परेमा निम्न अनुसार सम्पर्क गर्न संस्थाले अनुरोध गरेको छ ।
वासुदेव घिमिरे, अध्यक्ष, ९८५१११९०७५, सुमनबिक्रम थापा, प्रबन्ध संचालक,९८५१०१६४७३ , प्रतिमा पुन, अधिकृत, ९८४१२७५६४६, दिलबहादुर बस्नेत, अधिकृत, ९८४१७३१३१७ जोरपाटी से.के भवानी अधिकारी, सहायक अधिकृत, ९८४५९९७१४५
लामो लकडाउनले सदस्यलाई मर्का पर्ने भन्दै सहकारी विभागले सदस्यहरुलाई वित्तिय लगाएतको सेवा दिन १६ गते आइतबार परिपत्र जारी गरेको थियो । सहकारीका संचालक तथा कर्मचारीहरुले कार्यालय खोलेर सेवा दिन नसक्ने भन्दै भरबाटै सेवा दिन तयार भएका छन् । नेपाल सरकारले लकडाउनको अवधी चैत्र २५ गते सम्म तोको छ ।
Leave a comment