हाइलाइट

उदयदेव बहुउद्देश्यीय सहकारीका सदस्यले २५ हजारसम्म सदस्य कल्याण सुविधा पाउने

उदयदेव बहुउद्देश्यीय सहकारीका सदस्यले २५ हजारसम्म सदस्य कल्याण सुविधा पाउने :: Sahakari Akhabar

काठमाडौं । महेन्द्रनगर कञ्चनपुरमा रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले सदस्यहरुलाई ६ वटा विषयमा सामाजिक सुरक्षा तथा सदस्य कल्याण सुविधा दिंदै आएको छ । संस्थाले सदस्यहरुलाईविभिन्न ६ वटा विषयमा सामाजिक सुरक्षा तथा सदस्य कल्याण कार्यक्रम अन्र्तगत सुविधा दिंदै आएको हो ।

संस्थाले  सुत्केरी पोषण सुविधा, महिला सदस्यलाई पाठेघरको अपरेशनको सुविधा, सुत्केरी पोषण सुविधा, ६५ वर्ष भन्दा माथीका जेष्ठ सदस्यको आँखाको अपरेसनमा सुविधा, मुटु, मृगौला, क्यान्सर उपचारमा सुविधा, सदस्यको दाह संस्कार खर्च सहयोग र बाढी, आगलागी तथा आकस्मिक विपदमा सहयोग गर्ने गरेको जनाएको छ ।

संस्थाले सुत्केरी पोषण सुविधा २ हजार, महिला सदस्यलाई पाठेघरको अपरेशनको लागि ५ हजार, ६५ वर्ष भन्दा माथिका जेष्ठ सदस्यको आँखाको अपरेसनमा ५ हजार, मुटु, मृगौला, क्यान्सर उपचारमा २५ हजार, सदस्यको मृत्युमा दाह संस्कार खर्च सहयोग ५ हजार र बाढी, आगलागी तथा आकस्मिक विपदमा सहयोग गर्दैआएको संस्थाका प्रमुख कार्यकारी अधिकृत गणेशबहादुर चन्दले जनाएका छन् ।

उनले संस्थामा नियमित वचत गर्ने सदस्यले नियमित ३ महिनासम्म बचत गरेको सदस्यले पाउने जनाए । साथै नियमित रुपमा साधारण सभामा उपस्थीत हुनु पर्ने र दोहोरा सदस्यता भएमा एकै प्रकृतिको अर्को सहकारी संस्थामा सदस्य भए नपाउने तथा कर्जाको किस्ता नियमित तिरेको सदस्यले सामाजिक सुरक्षा तथा सदस्य कल्याण सुविधा पाउने जनाए ।



Leave a comment