काठमाडौं । काभ्रेकाे बिन्धवसिनी बचत तथा ऋण सहकारी संस्थाको ३३औं साधारण सभा असोज १६ गतेबाट संचालन हुने भएको छ । संस्थाले यसअघि साधारण सभा मिति तय गरेको भएपनि प्रतिकूल मौसमका कारण सभा स्थगन गरेको थियो ।
मौसममा आएको सूधारसँगै संस्थाले साधारणसभा सम्बन्धी सूचना जारी गर्दै भोलिबाट क्षेत्रगत रुपमा सभा सम्पन्न गर्ने जनाएको छ । संस्थाले पायक पर्ने स्थानमा उपस्थिति भइ ईकाइ भेला उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्न सदस्यहरुलाई आग्रह गरेको छ । गत अशोज १२ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको संस्थाले जनाएको छ ।
Leave a comment