हाइलाइट

धान दिवसको अवसरमा साना किसान कृषि सहकारी पिप्लेलाई सम्मान

धान दिवसको अवसरमा साना किसान कृषि सहकारी पिप्लेलाई सम्मान :: Sahakari Akhabar

काठमाडौं । धान दिवसको अवसरमा चितवनको पिप्लेमा रहेको साना किसान कृषि सहकारी संस्था पिप्ले सम्मानित भएको छ । २३औ राष्ट्रीय धान दिवस तथा रोपाई महोत्सव २०८३को अवसमा आज (असार १५ ) गते संस्था सम्मानित भएको हो ।

कृषि, बन तथा पर्यावरण मन्त्रालय कृषि विभाग बालि बिकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रले जलवायुमैत्रि प्रबिधि, धानमा आत्मानिर्भरता र सम्मृद्दि भन्ने मूल नाराकोसाथ २३औ राष्ट्रीय धान दिवस तथा रोपाइ महोत्सव कार्यक्रम सम्पन्न गरेको हो।

संस्था देशभरिको साना किसान कृषि सहकारी संस्थाहरु मध्येबाट उत्कृष्ट कार्य गरेबापत सम्मानित भएको संस्थाका अध्यक्ष कृष्ण गुरुङले जनाए । कृषि कर्ममा उत्कृष्ट, सामुदायिक नर्सरी कार्यको उल्लेख्य योगदानको कदरगर्दै पुरस्कार सहित सम्मान तथा कदर पत्र प्रदान गरिएको अध्यक्ष गुरुङले जनाए ।



Leave a comment