काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ । समितिले सूचना जारीगर्दै समस्याग्रस्त २३ वटा सहकारीका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको हो। समितिले सर्वसाधारणको अर्बौ रुपैयाँ बचत हिनामिना गरी फरार तथा सम्पर्कविहीन रहेका सहकारीका संचालकको नाम सार्वजनिक गरेको जनाएको छ ।
समितिले ती संस्थाका संचालकले बचत रकम वा सम्पत्ति हिनामिना गरी आफ्ना परिवार, आफन्त, नातागोता वा अन्य कुनै व्यक्तिको नाममा लुकाएर राखेको जानकारी भएमा तत्काल समितिको कार्यालयमा सूचना उपलब्ध गराउन समेत भनेको छ । सर्वसाधारणको बचत फिर्ता र दायित्व व्यवस्थापनका लागि सञ्चालकहरूको भित्री सम्पत्ति पहिचान गर्न अनिवार्य देखिएकाले समितिले यो कडा कदम चालेको जनाएको छ ।
सार्वजनिक गरिएको सूचना अनुसार समस्याग्रस्त घोषित सहकारीका सञ्चालकहरूलाई तत्काल समितिको नियमित सम्पर्कमा आई आफ्नो सहकारी संस्थाको दायित्व फरफारक गर्न, ऋण असुली प्रक्रियामा सघाउन र सम्पत्ति तथा अन्य स्रोत साधनको पहिचान गरी व्यवस्थापन कार्यमा सहयोग गर्न निर्देशन दिएको छ ।
तोकिएको समयभित्र सम्पर्कमा नआई बचत फिर्ता र नियमन कार्यमा असहयोग गरेमा कानुन बमोजिम कडा कारबाही अघि बढाउने चेतावनी समेत समितिले दिएको छ । यसका साथै सार्वजनिक गरिएको सञ्चालकहरूको विवरणमा कुनै कुरा फरक पर्न गएको वा विवरण अद्यावधिक नभएको अवस्थामा तत्काल समितिको कार्यालयमा सम्पर्क गरी सच्याउन समेत सूचनामा उल्लेख छ ।
समस्याग्रस्त सहकारी सञ्चालकहरुको विवरणः
Leave a comment