साना किसान कृषि सहकारी झोराहाटद्धारा विद्यार्थीलाई वित्तीय साक्षरता

साना किसान कृषि सहकारी झोराहाटद्धारा विद्यार्थीलाई वित्तीय साक्षरता :: Sahakari Akhabar

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकास्थित साना किसान कृषि सहकारी संस्थाले १२ कक्षाका विद्यार्थीलाई वित्तीय साक्षरता तालिम दिएको छ । संस्थाले ग्लोबल मनि विकको अवसरमा विद्यार्थीलाई वित्तीय साक्षरता तालिम प्रदान गरेको हो । संस्थाले स्थानीय सरस्वती माध्यमिक विद्यालय, झोराहाटका कक्षा ११ र १२ मा अध्ययनरत ६५ जना विद्यार्थीहरूलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको हो ।

युवा पुस्तामा डिजिटल बैंकिङ तथा वित्तीय ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरूलाई बचत, ऋण व्यवस्थापन र व्यक्तिगत बजेट निर्माणबारे जानकारी दिइएको थियो । साथै डिजिटल साक्षरता तथा सुरक्षित बैंकिङ कारोबारका लागि अपनाउनुपर्ने उपायहरूका विषयमा समेत छलफल गरिएको थियो ।

तालिमपछि सहभागी विद्यार्थीहरूलाई साना किसान कृषि सहकारी संस्थाको कार्यालयमा भ्रमण गराई वित्तीय तथा गैर–वित्तीय सेवा प्रदान गर्ने प्रक्रिया र सेवाका शर्तहरूबारे जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थीहरूलाई स्मार्ट बचत गर्ने बानी, वित्तीय अनुशासन, परिवारको आर्थिक योजना तथा वित्तीय व्यवस्थापनमा सहकारी र अन्य वित्तीय संस्थाहरूको भूमिकाबारे समेत छलफल गरिएको थियो । कार्यक्रम साना किसान विकास लघुवित्त वित्तीय संस्था इटहरी शाखा कार्यालयको वित्तीय तथा प्राविधिक सहयोगमा सम्पन्न भएको हो ।



Leave a comment