हाइलाइट

वीरेन्द्रनगर साकोसको स्थापना दिवसमा ४६७ जना सदस्यहरुलाई पुरस्कृत

वीरेन्द्रनगर साकोसको स्थापना दिवसमा ४६७ जना सदस्यहरुलाई पुरस्कृत :: Sahakari Akhabar

काठमाडौं । सुर्खेतमा रहेको वीरेन्द्रनगर बचत तथा ऋण सहकारी संस्थाले २३ औं स्थापना दिवस मनाएको छ । यसै अवसरमा संस्थाले विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने ४६७ जना सदस्यहरुलाई पुरस्कृत गरेको छ। स्थापना दिवसको अवसरमा संस्थाले तीन लाख ४८ हजार बराबरको पुरस्कार प्रदान गरेको छ ।

२०५८ सालमा २७ जनाबाट सुरु गरिएको सहकारी संस्थाले ८ वटा सहकारीलाई एकीकरण गरेको छ । संस्थामा हाल २३ हजार बढी सदस्य मध्ये ५९.२९ प्रतिशत महिला सदस्य रहेका छन् । सहकारीका अध्यक्ष बमबहादुर बिसीका अनुसार हाल १२ हजार ९८८ जना महिला तथा १० हजार ४४५ पुरुष सदस्य छन् ।

त्यसैगरी संस्थाको स्थिर सम्पत्ति चार करोड ६३ लाख छ भने अन्य सम्पत्ति दुई करोड ५२ लाख ९२ हजार छ । संस्थाको हालसम्मको कुल सम्पत्ति एक अर्ब २२ करोड ९५ लाख ४३ हजार ४२८ रुपैयाँ छ । संस्थाले बैदेशिक रोजगारीमा जाने युवाहरुलाई ऋण लगानी गर्दै आएको छ ।

सहकारीले हालसम्म सात जना बैदेशिक रोजगारीमा गएका सदस्यहरुलाई ४८ लाख ८१ हजार ७०६ रुपैयाँ ऋण दिएको अध्यक्ष बिसीले बताए । ‘सहकारीले बैदेशिक रोजगारीमा जान चाहने सदस्यहरुका लागि ऋण लगानीको व्यवस्था गरेको छ’ उनले भने ,ं‘यो सुविधाले सहकारी सदस्यहरु बैदेशिक रोजगारीबाट आयआर्जन गरी जीविकोपार्जन तथा देशमा रेमिट्यान्स भित्र्याइरहेका छन् ।’

सहकारीले उच्च शिक्षा अध्ययनन गर्न चाहाने शेयर सदस्यका छोराछोरीका लागि पनि ऋण लगानी गर्ने गरेको छ । शेयर सदस्यका छोराछोरीहरुका लागि शैक्षिक ऋणको व्यवस्था गरिएको अध्यक्ष बिसीले जानकारी दिए । हालसम्म शैक्षिक ऋण शिर्षकमा ३५ लाख २५ हजार ८६० रुपैयाँ लगानी गरिएको उनले बताए ।

यस्तै कृषि तथा पशुपालनतर्फ एक करोड ६५ लाख ६५ हजार १८१ रुपैयाँ ऋण ‘तरकारी खेती, कुखुरापालन, बाख्रापालन, भैसीपालन व्यवसायमार्फत शेयर सदस्यहरुलाई स्वरोजगार बनाउने लक्ष्य सहकारीको हो, यसले कृषि तथा पशुपालन व्यवसाय बढ्नुका साथै आयआर्जनमार्फत जीवनस्तरमा पनि सुधार आएको छ’

चालू आर्थिक वर्षको असार १५ सम्म सहकारीले व्यवसाय शिर्षकमा ५७ करोड ८३ लाख ९६ हजार  लगानी गरेको छ । सोही अवधिमा सहकारीले हायरपर्चेज शीर्षकमा चार करोड ४१ लाख ६८ हजार लगानी गरेको छ। लघुउद्यम शिर्षकमा दुई करोड ९८ लाख ७४ हजार ऋण लगानी गरेको छ भने युवा स्वरोजगार कोषसँगको सहकार्यमा ५८ लाख ५८ हजार   सदस्यहरुलाई लगानी गरेको छ ।

सहकारीका प्रवन्ध निर्देशक छत्र थापाले चालू आर्थिक वर्षको असार १५ सम्म विभिन्न शीर्षकमा गरेर ९४ करोड ७४ लाख पाँच हजार ऋण लगानी रहेको बताए । यस्तै बाह्य ऋण १८ करोड ७६ लाख ९३ हजार छ । सहकारीले चालू आर्थिक वर्षमा ३६ जना सुत्केरी सदस्यहरुलाई दुई हजारका दरले ७२ हजार सुत्केरी स्याहार खर्च, १० जना मृतक शेयर सदस्यहरुलाई दुई लाख मृत्यु राहत खर्च, दुर्घटना तथा कालगतिले मृत्यु भएका तीन जना शेयर सदस्यहरुका परिवारलाई १० लाख ६५ हजार रुपैयाँ उपलब्ध गराइएको प्रवन्ध निर्देशक थापाले जानकारी दिए ।
 



Leave a comment