काठमाडौं । सर्लाहीको हरिवनमा रहेको सगुुन बचत तथा ऋण सहकारी संस्थाले ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा सेवाश्रममा भोजन बितरण गरेको छ ।
संस्थाले सहकारी दिवसको अवसरमा आज पद्म–भुुवनेश्वरी नमुना बृद्ध सेवाश्रम लालबन्दी २ जुुटपानी हरिवनमा ६० जना आमाबुबाहरुलाई मिष्ठान्न भोजन गराएको हो ।
कार्यक्रमको संस्थाका उपाध्यक्ष राजकुुमार उप्रेती र लेखा सुुपेरिवेक्षण समिति संयोजक जयशंकर सिंहको नेतृत्व रहेको थियो । कार्यक्रममा संचालक, लेखा समति, सल्लाहकार तथा शिक्षा समिति, युुवा समिति र कर्मचारी गरी १४ जना सेवाश्रममा भोजन गराएको थियो ।
सेवाश्रम संचालक बासुुदेव कोईराला र भवानी कोईरालाई संस्थाको तर्फबाट उपाध्याक्ष राजकुमार उप्रेती र जयशंकर सिंहले संयुुक्त रुपमा मिष्ठान्न भोजन हस्तान्तरण गरेका थिए ।
Leave a comment