विराटनगर । कोशी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयले विभिन्न बिधाका उत्कृष्ट सहकारी तथा ब्याक्तित्वहरुलाई सम्मान गरेको छ । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित गोष्ठीमा कार्यालयले सहकारी र सहककारीकर्मीलाई सम्मान गरेको हो ।
रजिस्ट्रार कार्यालयले बचत तर्फ बिराटनगरमा रहेको राष्ट्रसेवक बचत तथा ऋण सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको छ । त्यस्तै कृषि तर्फ उदयपुरको महिला साना किसान कृषि सहकारी सस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको छ भने बहुउद्देश्यीय तर्फ झापाको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारी सस्थालाई उत्कृष्ट सहकारीको रुपमा सम्मान गरेको छ ।
त्यस्तै रजिस्ट्रार कार्यालयले उत्कृष्ट सहकारीकर्मीको रुपमा जिल्ला सहकारी संघ मोरङका संचालक तथा सद्भाव बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष इ. कमलेश्वर ठाकुर, उत्कृष्ट ब्यबस्थापकको रुपमा रमाइलो जनएकता बचत तथा ऋण सहकारी सस्थाकी ब्यबस्थापक कृष्णकुमारी दवाडी र उत्कृष्ट सहकारी कर्मचारीको रुपमा सेवा बचत तथा ऋण सहकारी सस्थाका कर्मचारी राजेश जोशीलाई सम्मान गरेको रजिस्ट्रार हरीबहादुर खत्रीले जानकारी दिएका छन् ।
Leave a comment