काठमाडौं । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघले साकोस जोखिम विश्लेषण कार्यशाला सम्पन्न गरेको छ । कार्यशालालाई नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको साझेदारी रहेको थियो ।
कार्यशालाको उद्ध्घाटन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्णगोविन्द लाखाजुले आर्थिक मन्दीको कारण सहकारीमा ऋण लगानी, साँवा व्याज असुली नहुँदा सहकारीमा बचत र ऋणको सन्तुलन कायम गर्न चुनौती थपेको बताए ।
उनले सहकारीको प्रतिस्थापन विद्येयकले सहकारी संचालनमा कानुनी जोखिम बढेको बताए । संस्था संचालनमा समस्या देखिएमा संस्थाको श्वेत पत्र जारी गर्नुपर्ने उनले बताए ।
र्काक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका लेखा सुपरिवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले कार्यक्रममा उपलब्ध भएको जोखिम प्रतिवेदनको बारेमा संस्थामा छलफल गर्नुपर्ने बताए ।
संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघले पहिलो पटक साकोस जोखिम विश्लेषण कार्यशालाको आयोजना गरिएको र यो कार्यशाला कब्र्स, प्रोबेसन, एक्सेस जस्तै स्तरीकरण कार्यक्रमको पहिलो खुड्किलोको रुपमा रहेको बताए ।
साथै चैत्र २० गते भक्तपुरको चार वटै नगरपालिकामा प्रभातफेरी कार्यक्रम सहीत ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिरहेको बताए ।
नेफ्स्कूनका कार्यक्रम अधिकिृत सोबिता मैनालीले साकोसमा जोखिम विश्लेषणको कार्यशाला संचालन गर्नुका साथै पल्र्स विश्लेष सम्बन्धमा प्रशिक्षण गरेकी थिइन् ।
कार्यशालामा गोष्ठीमा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम सहायक चन्द्रदेब जोशी र सूचना प्रविधि सहायक मिलन कोइरालाको सहयोगमा सहभागी ४२ वटा संस्थाहरुको वित्तीय विश्लेषण गरी जोखिम प्रतिवेदन समेत संस्थाहरुलाई वितरण गरिएको थियो । कार्यक्रममा संघमा आवद्ध संस्थाका ७५ जनाको सहभागिता रहेको थियो ।
Leave a comment