हाइलाइट

जिल्ला सहकारी संघ पोखराको सहकारी दिवस कार्यक्रम सार्वजनिक

जिल्ला सहकारी संघ पोखराको सहकारी दिवस कार्यक्रम सार्वजनिक :: Sahakari Akhabar

काठमाडौं । जिल्ला सहकारी संघ पोखराले ६८ आौं राष्ट्रिय सहकारी दिवस कार्यक्रम सार्वजनिक गरेको छ । संघले कोअपरेटिभ म्यानेजर्स क्लव कास्की (सिएमसि) को ब्यवस्थापनमा ६८ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति निर्माण गरी सहकारी दिवस सम्पन्न गर्ने भएको छ । यसैगरी संघले चैत १४ गतेदेखि २० गतेसम्मका दिवस कार्यक्रम सार्वजनिक गरेको हो।

संघले चैत १४ गते दिउसो ३ बजे जिल्ला सहकारी संघमा पत्रकार सम्मेलन गर्ने र चैत १५ र १६ गते पोखरा पार्टी प्यालेसमा बुद्धिचाल प्रतियोगिता कार्यक्रम गर्ने जनाएको छ । त्यसैगरी चैत १६ गते जनप्रिय माविमा निबन्ध प्रतियोगिताको कार्यक्रम तय गरेको छ भने चैत १७ गते साइकल र्याली कार्यक्रम राखेको छ।

साइकल र्याली जिल्ला सहकारी संघबाट सुरु भई शहिद चोक, बिरौटा चोक, मुस्ताड चोक, पृथ्वी चोक, सभागृह चोक, जिरो किमि, हल्लन चोक, लेकसाइड हुँदै जिल्ला सहकारी संघमा आएर समापन गरिने जनाइएको छ। त्यसैगरी संघले चैत १८ गते जिल्ला सहकारी संघ परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

दिवस कार्यक्रम अन्तर्गत चैत १९ गते सहकारी संघ संस्था सरसफाई गर्ने र बिहान ११ बजेपछि होटल दिपसागरमा अन्तर्किया कार्यक्रम गर्ने जनाइएको छ । त्यसैगरी चैत २० गते र्याली, सहकारीका उत्पादनहरुको प्रदर्शनी, सभागृहमा प्रभातफेरीका साथै साझ आआफ्ना संघ संस्थामा दिप प्रज्वलन गर्ने कार्यक्रम सार्वजनिक गरेको छ।



Leave a comment