हाइलाइट

ग्लोवल मनि वीकमा अभिरुचि साकोसद्धारा विद्यालयमा वित्तिय शिक्षा 

ग्लोवल मनि वीकमा अभिरुचि साकोसद्धारा विद्यालयमा वित्तिय शिक्षा  :: Sahakari Akhabar

काठमाडौं । रुपन्देहीको भैरहवामा रहेको अभिरुचि बचत तथा ऋण सहकारी संस्थाले ६८औं सहकारी दिवस तथा ग्लोवल मनि वीकको अवसरमा वित्तिय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले चैत १० गते मुनलाइट आवासीय माविमा विद्यार्थीहरुमाझ वित्तीय साक्षरता कार्यक्रम गरेको हो । नेपाल राष्ट्र बैकको सहजीकरणमा भएको उक्त कार्यक्रममा नेपाल राष्ट्र बैकका दिपक गौतमले प्रस्तुतिकरण दिएका थिए ।

कार्यक्रममा प्रमुख अथिती नेपाल राष्ट्र बैकका निर्देशक रमेश आचार्यले विद्यार्थी हरुलाई बित्तीय ज्ञान दिने सन्दर्भमा सहकारी र स्कुल क्याम्पससग सहकार्य गर्न हमेशा तयार रहेको बताए ।

कार्यक्रममा बिद्यालयका प्राचार्य राजेशराज जोशीले विद्यार्थीलाई वित्तिय साक्षरताजस्ता कार्यक्रम आजको आवश्यकता भएकोले संस्थाले गरेको यो कार्यक्रम उपलब्धिमूलक रहेको बताए ।

संस्थाका अध्यक्ष टिकाराम भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष तथा नेपाल राष्ट्र बैकका उप निर्देशक जीवन प्रकाश पाण्डेयले कार्यक्रमको उद्देश्य माथि प्रकाश पारेका थिए । संस्थाका सचीव उमेश भट्टराईले संचालन गरेको कार्यक्रममा विद्यालयका ९० जना विद्यार्थीको सहभागिता रहेको थियो । 



Leave a comment