सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला वचत संघले सिइओ वर्कसप गर्ने

सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला वचत संघले सिइओ वर्कसप गर्ने :: Sahakari Akhabar

काठमाडौं । ६८ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुर जिल्ला वचत तथा ऋण सहकारी संघले SACCOS CEO's WORKSHOP 2025 LALITPUR २०८१ गर्नेभएको छ ।

संघले चैत्र २२ र २३ गते नगरकोटमा हुने दुईदिने गोष्ठीमा महत्वपूर्ण कार्यपत्र प्रस्तुती हुने भएको छ । गोष्ठीमा ललितपुर जिल्लाका बचत तथा ऋण सहकारी संघसंस्थाका प्रमुख कार्यकारी अधिकृत र व्यवस्थापकहरुको सक्रिय सहभागिताको अपेक्षा गरिएको छ ।

गोष्ठीको कार्यक्रम तालिका, प्रपोजल तथा नाम दर्ता फारम संघको वेभसाइटबाट डाउनलोड गर्न सकिने संघका प्रमुख कार्यकारी अधिकृत सन्तोष बजगाइले जानकारी दिएका छन् ।



Leave a comment