हाइलाइट

ग्लोबल मनी विकको अवसरमा बुडोल सामुदायिक साकोसको वित्तिय साक्षरता

ग्लोबल मनी विकको अवसरमा बुडोल सामुदायिक साकोसको वित्तिय साक्षरता :: Sahakari Akhabar

काठमाडौं । बनेपामा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाले ग्लोबल मनी विकको अवसरमा बुडोल सामुदायिक साकोसको वित्तिय साक्षरता कार्यक्रम गरेको छ । संस्थाले स्थानीय प्रगति प्रभात एकेडेमी बनेपामा “विद्यालयमा बुसा” कार्यक्रम सम्पन्न गरेको हो ।

संस्थाको उपाध्यक्ष प्रकाश भुर्तेलको संयोजकत्वमा सञ्चालित उक्त कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत विवेकराज ठकुरीले श्रव्य दृश्य सामग्रीको प्रस्तुतीमार्फत वित्तीय बजार, वित्तीय संस्था र यसका प्रकारहरु, बचतको महत्व, पैसाको प्रयोग, ऋणको परिचय, व्यक्तिगत बजेट निर्माण, सहकारीको परिचय, जंक फुडको प्रयोग र यसले पार्ने नकारात्मक असर लगायतका विषयमा प्रशिक्षण  दिएका थिए ।

कार्यक्रममा कार्यकारी अधिकृत रञ्जना सुवाल, बरिष्ठ अधिकृत  उमेश आचार्य, सहायक  विनिता तिमल्सिना सहित विद्यालयमा अध्ययनरत ५६ जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो । नेपालमा यहि चैत्र ४ देखि १० गतेसम्म १३ औं श्रृंखलाको ग्लोबल मनी वीक २०२५ सञ्चालन भईरहेको छ ।

बालबालिका र यूवाहरुमा वित्तिय साक्षरता अभिवृद्धि गर्दै वित्तिय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक विश्वभर मनाउँदै आएको छ । यस वर्षको नारा “Think before you follow, wise money tomorrow” रहेको छ ।



Leave a comment