हाइलाइट

पोखरा रोयल साकोसको बिद्यार्थीलक्षित साप्ताहिक वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ

पोखरा रोयल साकोसको बिद्यार्थीलक्षित साप्ताहिक वित्तीय साक्षरता कार्यक्रम शुभारम्भ :: Sahakari Akhabar

काठमाडौं । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले ग्लोवल मनी वीक २०२५ को अवसरमा यूवा विधार्थी लक्षित वित्तिय साक्षरता अभिमूखीकरण कार्यक्रमको शुभारम्भ गरेको छ । सप्ताहको पहिलो दिन पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमीमा अध्ययनरत ६१ जना बालबालिकाहरुलाई वित्तिय साक्षरता विषयमा प्रशिक्षण गराएको हो।

यस अवसरमा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङ्गले बालबालिकाहरुलाई सानै उमेरबाट पैसाको महत्व, वित्तिय अनुशासन, बचत गर्ने तरिका, पारिवारिक बजेट, मान्छेको आवश्यकता र चाहनाको बारेमा सिकाउनु पर्ने बताए । संस्थाका ब्यवसाय विकास अधिकृत अभिषेक गुरुङ्गले वित्तिय साक्षरता विषयमा प्रशिक्षण दिएका थिए ।

यसै अवसरमा विधार्थीहरुसंग अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा फिस्टेल एकाडेमीका सहायक प्राचार्य कमल लामिछानेले सहकारीको यसखाले कार्यक्रम अत्यन्तै समसामयिक र उपलब्धीमूलक रहेको र यसबाट विधार्थीहरु प्रत्यक्ष रुपमा लाभान्वित भएको बताए  । त्यसैगरी संस्थाले विधार्थीहरुमा बचतको बानी बसाल्न सेभिङ्ग बक्स समेत उपलब्ध गराएको थियो।

नेपाल राष्ट्र बैंकको मार्गदर्शनमा नेपालमा यहि चैत्र ४ देखी १० गतेसम्म १३ औं श्रृंखलाको ग्लोवल मनी वीक २०२५ सञ्चालन भईरहेको छ । बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्दै वित्तीय ज्ञान, शीप मनोवृत्ति र व्यवहारको विकास गर्ने उद्धेश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजनमा सन् २०१२ देखि हरेक वर्ष ग्लोवल मनी वीक (Global Money Week-GMW) विश्वभर मनाउदै आईरहेको छ ।

यस वर्षको नाराका रूपमा “Think before you follow, wise money tomorrow” रहेको छ । पोखरा रोयल सहकारीले विगतका वर्षहरुमा समेत विभिन्न विद्यालय र कलेजहरुमा अध्ययनरत विधार्थीहरुसंग यो दिवसलाई भव्यताका साथ मनाउदै आएको र यस वर्ष समेत सप्ताहभरि विविध गतिविधीका साथ कार्यक्रम सञ्चालन गरिने संस्थाका सूचना अधिकारी मिलन ढकालले जानकारी दिए ।



Leave a comment