काठमाडौं । दोलखाको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सदस्यलाई वित्तीय साक्षरता तथा विस्तारित मञ्च कार्यक्रम गरेको छ । संस्थाको आर्थिक बर्ष २०८१ / ०८२ को बार्षिक कार्यक्रम अनुसार संस्थाका गतिविधिहरुको बारेमा जानकारी दिने उद्धेश्य सहित कार्यक्रम गरेको हो ।
कार्यक्रममा सदस्यहरुलाई वित्तीय शिक्षाका साथै सदस्यहरुबाट सल्लाह सुझाव समेत लिइएको थियो । संस्थाले वैतेश्वर गापा–१ पोखरी, वैतेश्वर गापा–१ बोहोरागाउँ र वैतेश्वर गापा–१ पिपलबोट गरी तीनवटा स्थानमा कार्यक्रम सम्पन्न गरेको थियो । कार्यक्रममा संस्थाका सञ्चालक, कर्मचारी, सदस्य र भावी सदस्य सहित पोखरीमा ३६ जना, बोहोरागाउँमा ४४ जना र पिपलबोटमा ५३ जनाको उपस्थिति रहेको थियो ।
पोखरीमा संस्थाका सचिव लक्ष्मण चौँलागाईं, बोहोरागाउँमा संस्थाका अध्यक्ष माधवप्रसाद दहाल र पिपलबोटमा संस्थाका लेखा संयोजक माधवप्रसाद दहालको अध्यक्षतामा कार्यक्रम भएको थियो । शिक्षा कार्यक्रम व्यवस्थापक भेषबहादुर मिजार, ऋण अधिकृत लालप्रसाद दहाल र लेखा अधिकृत नकुल घिमिरेले सहजीक।ण गरेका थिए ।
सदस्यहरुलाई संस्थाद्वारा सञ्चालित बचत ऋण कार्यक्रम, रेमिटान्स, मोबाई बैंकिङ, सदस्य सुरक्षा, आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य सम्बन्धी क्रियाकलापहरुको विषयमा जानकारी दिइएको थियो । संस्थाले सदस्यहरुलाई प्रदान गरिरहेका सेवा सुविधाहरु सहित संस्थाको वर्तमान अवस्थाको बारेमा संक्षिप्त जानकारीका साथै खर्च व्यवस्थापन, बचत योजना, पारिवारिक बजेट निर्माण, ऋणको उचित प्रयोग र समयमै तिर्ने उपाय, डिजिटल वित्तीय सेवा लगायतका विषयमा जानकारी थप गराईएको थियो ।
कार्यक्रममा सहभागीहरुले आफ्नो धारण राख्दै संस्थाले सञ्चालन गरेका जेष्ठ सदस्य जीवनबृत्ति भत्ता, असक्तता जीवनबृत्ति भत्ता, शिशु स्याहार, रक्तदान, दीर्घ रोग उपचार सहायता, तीर्थ भ्रमण, सदस्य सुरक्षा, वातावरण संरक्षण लगायतका सदस्यमुखी कार्यक्रमहरुले आफूँहरु एकदमै लाभदायी भएको प्रतिकृया दिएका थिए ।
Leave a comment