हाइलाइट

राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई

राष्ट्रसेवक साकोसको ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ मोहन काजीलाई :: Sahakari Akhabar

विराटनगर । राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाद्धारा स्थापना दिवसको अवसरमा प्रदानगरिने मार्सेली उपभोक्ता सचेतना पुरस्कार मोहन काजीलाई प्रदान गरिने भएको छ।

कृष्णप्रसाद भण्डारीद्धारा स्थापित ‘मार्सेली उपभोक्ता सचेतना पुरस्कार’ झापाका उपभोक्ता अधिकारकर्मी तथा पत्रकार मोहन काजी न्यौपानेलाई प्रदान गरिने भएको हो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थाले शनिबार एक कार्यक्रमको आयोजना गरि पुरस्कृत व्यक्तित्वको नाम घोषणा गरेको हो ।

राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्थामा २ लाख ५१ हजार रुपैयाको अक्षय कोष स्थापना गरेर उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई पुरस्कारको व्यवस्था गरिएको जनाईएको छ ।

पुरस्कारको राशी १५ हजार १ रुपैया रहेको छ । पुरस्कार राष्ट्रसेवक साकोसको स्थापना दिवसको अवसरमा २०८२ साउन ४ गते वितरण गरिने सहकारीका अध्यक्ष जीवन काफ्लेले जानकारी दिए ।

लामो समय सरकारी सेवामा रहेर काम गरेका भण्डारीले जागिरबाट अवकास पाएपछि पनि उपभोक्ताको क्षेत्रमा काम गर्दै आएका छन् । उनी अहिले उपभोक्ता जागरण अभियानका केन्द्रिय अध्यक्ष समेत हुन् ।

भण्डारीले उपभोक्ता अधिकार पनि मानव अधिकारको एउटा पाटो भएको कारणले पनि उपभोक्ताको क्षेत्रमा काम गर्नेलाई पनि प्रोत्साहन गर्ने उदेश्यले पुरस्कारको अक्षय कोष स्थापना गरिएको बताए ।

समुदाय तथा वातावरण प्रति चासो व्यक्त गर्ने उदेश्यले पनि नयाँ पुस्तालाई उपभोक्ता अधिकारको बारेमा सचेत गराउने काम आफूहरुले गरिरहेको उनले बताए । पुरस्कार घोषणासँगै उपभोक्ता जागरण पुस्तक पनि विमोचन गरिएको थियो ।



Leave a comment