काठमाडौं । दोलखाको जिरीमा मुख्य कार्यालय रहेको एकीकृत फ्रेण्डसिप बचत तथा ऋण सहकरी संस्थाले ३३औं स्थापना दिवस मनाएको छ ।
संस्थाका अध्यक्ष भुमिराज खड्काको सभापतित्व तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष डिबी बस्नेतको प्रमुख आतिथ्यतामा दिवस कार्यक्रम सम्पन्न भएको हो ।
प्रमुख अतिथि बस्नेतले संस्था स्थापनाकालमा संस्थापक अध्यक्ष स्व गोकुलध्वज कार्कीसंगको सहकार्य स्मरण गर्दै संस्था दोलखा जिल्लाको सहकारी अभियानमा अग्रपंक्तिमा उभिन र सदस्यहरुलाई गुणस्तरीय सेवादिन सफल भएकोमा गर्व अनुभव भएको बताए ।
स्थापना दिवसको अवसर पारेर गत फागुन २८ गते आयोजित अन्तर माध्यामिक विद्यालयस्तरीय सहकारी निबन्ध लेखन प्रतियोगितामा चण्डेश्वरी मावि, उमाकुण्ड–४, प्रितिका आकाश सुनुवारले प्रथम, शारदा मावि, गोकुलगंगा–२, ठोसेकी रिया बस्नेतले द्धितिय, जिरी मावि, जिरी–६ का मिन्टु शेर्पाले तृतिय र कास्थेम मावि, उमाकुण्ड–७, भुजीकी लक्ष्मी थापाले सान्त्वना स्थान प्राप्त गरेका थिए । उनीहरुलाई स्थापना दिवसको अवसरमा नगद सहितको पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा आर्थिक बर्ष २०८० / ०८१ मा उत्कृष्ट नियमित बचतकर्ता, उत्कृष्ट बालबचतकर्ता, उत्कृष्ट कारोबारकर्ता, असल ऋणी, उच्चतम प्रविधि प्रयोगकर्ता, उच्चतम शेयर खरिदकर्ता, उत्कृष्ट सुझावकर्ता जस्ता विभिन्न विधामा उत्कृष्टता हासिल गर्ने सदस्यहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी मानबहादुर जिरेललाई समेत पुरस्कृत गरिएको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण रायक्षेत्रीले सञ्चालन गरेको कार्यक्रममा संस्थाको विगतदेखि वर्तमानसम्मको अवस्था र संस्थाले सञ्चालन गरेका क्रियाकलापहरुको बारेमा नायव प्रमुख कार्यकारी अधिकृत रामबहादुर खत्रीले प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा संस्थाका कोषाध्यक्ष उद्धवकुमार कार्कीले स्वागत मन्तव्य राखेका थिए भने सल्लाहकार ईन्द्रबहादुर खड्का, तथा अतिथिहरुले सहकारीका विविध आयाममा चर्चागर्दै स्थापना दिवसको शुभकामना मन्तव्य राखेका थिए ।
समारोहमा जिल्ला समन्वय समिति दोलखाका उपाध्यक्ष दोर्जी शेर्पा, जिरी नगरपालिका उपप्रमुख कृष्णमाया बुढाथोकी, जिल्ला सहकारी संघ दोलखाका अध्यक्ष देवीप्रसाद शर्मा फुयाल, दोलखा जिल्ला बचत संघका कोषाध्यक्ष पर्शुराम कार्कीको विशिष्ट आतिथ्यता रहेको थियो ।
त्यसैगरी जिल्ला सहकारी संघ दोलखाका महासचिव दिलबहादुर केसीलगायत विभिन्न सहकारी संस्थाका अध्यक्ष, पदाधिकारी, प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
स्थापना दिवसकै अवसर पारेर एम बैंकसंगको सहकार्यमा संस्थाले सञ्चालन गरिरहेको मोवाईल एपमा क्युआर भुक्तानी अन्तर्गत नेपाल पे क्युआर र स्मार्ट क्यूआर थप र मिस्डकल बैकिंङ सेवा शुभारम्भ गरेको छ ।
Leave a comment