काठमाडौं । भक्तपुरको सामूहिक बचत तथा ऋण सहकारी संस्थाले कर्मचारीको क्षमता अभिवृद्धि कार्यक्रम गरेको छ । संस्थाको बुद्ध सदस्य सेवाकेन्द्रमा कर्मचारी क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको हो ।
संस्थाका अध्यक्ष राजाभाई भेले र उपाध्यक्ष कृष्णहरि सैँजुले कार्यक्रमको औचित्य प्रस्तुत गरेका थिए । कार्यक्रमलाई सहकारीकर्मी अनिलवीर बज्राचार्यले सहजिकरण गरेका थिए ।
कार्यक्रममा सहकारीको परिचय, अवधारणा, सिद्धान्त, मूल्य मान्यता जस्ता महत्वपूर्ण विषयमा प्रस्तुतीकरण सहित कर्मचारीहरुको क्षमता अभिवृद्धि तालिम प्रदान गरेका थिए।
सहजकर्ता बज्राचार्यले कमिकमजोरीलाई शून्यमा लान नसकिने र विस्तारै हटाउँदै र न्यूनीकरण गर्दै जानुपर्ने बताए । अध्यक्ष राजाभाई भेलेले प्रत्ययेक कर्मचारीले आफ्नो काम, कर्तव्य र औचित्यमाथि प्रष्ट हुनुपर्ने बताउँदै हरेकदिन संस्थामा आइपर्ने काम, समस्या, समाधानका उपाय, अवको योजनामा छोटकरीमा समीक्षा गर्दै सबैजाना जागरुक भएर कार्य गर्नुपर्ने बताए ।
संस्थाका उपाध्यक्ष सैजुले कुनै पनि संस्थामा कार्य गर्ने कर्मचारीमा एकरुपता भएमात्र संस्थाको लक्ष्य हासिल गर्न सहज हुने बताए । उनले सिकेको कुराहरु कापीमा उतार्ने मात्र नभई एक आपसमा साटासाट गर्नुपर्ने र जीवनमा पनि लागु गर्नुपर्ने बताए ।
Leave a comment